Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

संखुवासभामा सामूहिक हत्या प्रकरणका फरार अभियुक्त २० वर्षपछि पक्राउ


विराटनगर। २० वर्षअघि संखुवासभामा भएको दुई जनाको सामूहिक हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । त्यस्तै, संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिका- की ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका छन् ।

त्यस्तै, संखुवासभाको साविकको शिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते हत्या भएको थियो भने खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा उनीहरुको हत्या भएको थियो ।

आठ जना मिलेर दुई जना पुरुषको सामूहिक हत्या गरेको जाहेरी परेको थियो भने उक्त घटनामा संलग्न तामाङलाई अदालतले २०६६ साल फागुन १२ गते २० वर्षको कैद सजायको फैसला सुनाएको थियो । उनी फरार रहँदै आएकी थिइन् ।

उक्त घटनामा कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे तामाङ, गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङविरुद्ध मुद्दा चलेको थियो ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?