Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

संखुवासभामा सामूहिक हत्या प्रकरणका फरार अभियुक्त २० वर्षपछि पक्राउ


विराटनगर। २० वर्षअघि संखुवासभामा भएको दुई जनाको सामूहिक हत्या प्रकरणका फरार अभियुक्तलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । त्यस्तै, संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिका- की ३५ वर्षीया कैली तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

केराबारी गाउँपालिका-१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेर संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताएका छन् ।

त्यस्तै, संखुवासभाको साविकको शिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते हत्या भएको थियो भने खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा उनीहरुको हत्या भएको थियो ।

आठ जना मिलेर दुई जना पुरुषको सामूहिक हत्या गरेको जाहेरी परेको थियो भने उक्त घटनामा संलग्न तामाङलाई अदालतले २०६६ साल फागुन १२ गते २० वर्षको कैद सजायको फैसला सुनाएको थियो । उनी फरार रहँदै आएकी थिइन् ।

उक्त घटनामा कैली तामाङसहित राजेन्द्र तामाङ, राजेन्द्रकी पत्नी निर्मला पाण्डे तामाङ, गोपाल तामाङ, देवीमाया तामाङ, गणेश तामाङ, धनमाया तामाङ एवं लोकबहादुर तामाङविरुद्ध मुद्दा चलेको थियो ।


प्रकाशित मिति: १२ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?