एजेन्सी। सुएज नहर प्राधिकरणका अध्यक्ष ओसामा राबीले १९५६ मा जलमार्गको राष्ट्रियकरण भएदेखि अहिलेसम्म सुएज नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको छ । लगभग १.१ मिलियन जहाजहरूको पारवहनलाई सहज बनाएको छ । ६९ वर्षमा, नहरले १५३.४ अर्ब अमेरिकी डलर राजश्व जम्मा गरेको र कुल ३३ अर्ब टन नेट भार
आज मिति २०८२ साल साउन १६ गते शुक्रबार (01 Aug, 2025) श्रावण शुक्लपक्ष,दिनरात अष्टमी मेष : आजको दिन तपाईँका लागि कर्म र धैर्यको परीक्षा लिने समय हो। कार्यक्षेत्रमा तपाईँको प्रयास र मेहनतको प्रतिफल अवश्य पाइनेछ, तर तत्काल लाभको आशामा हतार नगर्नु उत्तम हुनेछ। आर्थिक पक्षमा खर्च र बचतको सन्तुलनमा ध्यान
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका ४मा खुकुरी प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ ईच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन् । उनलाई साउन १४ गते राति साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले पक्राउ परेका अभियुक्त
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताएका छन् । बिहीवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा आधारमा विधेयकको गलत व्याख्या भइरहेको बताएका हुन् । उनले विगतमा भूमि वितरणमा
काठमाडौँ । करिव सात लाख विद्यार्थीको खुट्टामा बल पुर्याउने उद्देश्य राखिएको फिफा फुटबल फर स्कुलको औपचारिक शुरुवात भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीवार एक भव्य कार्यक्रम आयोजना गर्दै फिफा फुटबल फर स्कुलको औपचारिक रूपमा शुभारम्भ गरेको हो । चार वर्षदेखि १४ वर्षसम्मका करिब
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला बनाउने घोषणा गरेका छन् । बिहीवार फिफा फुटबल फर स्कुल कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अब छिटै नै भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५० हजार क्षमताको रंगशाला बनाउने घोषणा गरेका हुन् । दशरथ रंगशालाको क्षमता १५ हजार रहेको
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डले जहाज थप्नेबारे सरकार आन्तरिक गृृहकार्यमा जुटिरहेको बताएका छन् । बिहीवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हाल नेपाल एयरलाइन्सका सबै छ वटै जहाज सञ्चालनमा रहेको भएपनि यात्रुको मागअनुसार उडान गर्न जहाज अभाव रहेको बताएका हुन् ।
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जाशीले भूमि विधेयक भूमिहिनको नाममा विचौलियाहरूले फाइदा उठाउनेगरी आएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधवारको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद जोशीले यस्तो टिप्पणी गरेका हुन् । विधेयक स्पष्ट रुपमा नआउँदा भूमिहिनको नाममा बिचौलियाहरूले घुसपैठ गर्नसक्ने खतरा रहेको
काठमाडौं। भूमि समस्या समाधान आयोगमा १२ लाख बढी भूमिहीनको निवेदन परेको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीवारको बैठकमा भूमिसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै आयोगका अध्यक्ष हरिप्रसाद रिजालले यस्तो जानकारी दिएका हुन् । उनले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको उक्त मात्रामा निवेदन आयोगमा प्रविष्ट भएको
काठमाडौं। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेश प्रदेशसहित देशका विभिन्न भूभागमा देखिएको खानेपानी समस्या समाधानका लागि उचित बजेटको प्रबन्ध गर्न सरकारका सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । समितिको सिंहदरबारमा बसेको बैठकले खानेपानीको संकटग्रस्त क्षेत्रका लागि तत्काल आवश्यक बजेट व्यवस्था गरी माग सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को