Trending
>>   काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सबै पालिकाको वित्तीय साझेदारी हुने >>   युवालाई अपमान र तिरस्कार गरिरहने हो भने फेरि पनि विद्रोह हुन्छ: प्रधानमन्त्री कार्की >>   ‘एमाले गरिब र मजदुरको पक्षमा छ’: केपी शर्मा ओली >>   मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा छन्, सबैभन्दा बढी मतदान हुन्छः प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   निर्वाचनको पूर्वसन्ध्यामा मत सर्वेक्षण गर्न पाइँदैनः प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   भव्यताका साथ मनाइयो प्रजातन्त्र दिवस (तस्बिरसहित) >>   ‘फागुन २१ को निर्वाचनले नयाँ युगको ढोका उघार्नेछ’: प्रधानमन्त्री कार्की >>   ‘भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो’: केपी शर्मा ओली >>   ‘खराब व्यवस्था फाल्नुपर्छ, संकटमै चुनाव अनुचित’ : पूर्वराजा ज्ञानेन्द्र >>   देश र मधेस दुवै पीडामा छन्, : काँग्रेस उपसभापति शर्मा
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

समाचार


झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली

२० जेठ, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यहाँका नागरिकमा आशा पलाएको हो । नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई

आयआर्जन गर्दै महिला कैदीबन्दी

२० जेठ, तनहुँ । तनहुँ कारागारमा रहेका महिला कैदीबन्दी पछिल्लो समय आयआर्जनमा लागेका छन् । सुरुआतमा कारागारमा रहेका १६ मध्ये पाँच महिला कैदीबन्दीले तानबाट झोलाको कपडा बुनेर आम्दानी गर्न थालेका थिए । हाल कारगारका अन्य महिला कैदीबन्दीले पनि उनीहरुकै सिको गरिरहेका छन् । कपडा बुन्न आवश्यक कच्चापदार्थ, तानलगायतको व्यवस्था मिलाएको कारागारकी

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

२० जेठ, काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत करका विभिन्न दर हेरफेर गर्यो । आर्थिक विधेयक २०८० मार्फत सरकारले आयकरसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । वार्षिक करयोग्य आय रू २० लाखभन्दा बढी भएका व्यक्तिले तिर्नुपर्ने आयकर बढाइएको छ । आर्थिक विधेयकमा भएका व्यवस्थाबारे आन्तरिक राजस्व विभागले शुक्रबार

गुल्मीका स्थानीय तहको घरभाडामा ३९ लाख खर्च

२० जेठ, गुल्मी । गुल्मीका स्थानीय सरकारले घरभाडामा वार्षिक ३९ लाखभन्दा बढी रकम खर्च गर्ने गरेको पाइएको छ । हालसम्म भाडामा बस्दै आएका जिल्लाका पाँच पालिकाले उक्त रकम घरभाडामा खर्च गरेका हुन् । स्थानीय तह स्थापना हुँदा सबै पालिका भाडाकै घरमा थिए । छ वर्षको अवधिमा केही पालिकाले प्रशासकीय भवन तयार

प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान

२० जेठ, नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् । इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए । सो क्रममा

जनप्रतिनिधिले खाए ४२ लाखको भात

२० जेठ, जाजरकोट । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपियाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम भुक्तानी दिइएपछि सर्वत्र आलोचना भएको छ। छेडागाड नगरपालिका–१२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीले कर्मचारीको मिलेमतोमा खानाको बिल भुक्तानी

महानगरको पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु होः सुनिता डंगोल

२० जेठ, काठमाडाैँ । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं महानगरपाकिलाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु रहेको बताएकी छन् । शनिबार काठमाडौंमा नेपाल मधुमेही समाज र काठमाडौं महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । कार्यवाहक प्रमुख डंगोलले नगरवासीलाई

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले विस्तार गर्यो सुडानमा सहयोग मिशनको म्यान्डेट

२० जेठ, काठमाडाैँ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार सुडानमा रहेको संयुक्त राष्ट्र संघीय सङ्क्रमण सहायता मिसनको कार्यादेश यस वर्षको डिसेम्बर ३ सम्म बढाउने निर्णय गरेको छ। सर्वसम्मतिले संकल्प २६८५ पारित गर्दै १५ सदस्यीय निकायले कार्यादेश कार्यान्वयनको प्रतिवेदन प्रत्येक ९० दिनमा परिषद् समक्ष पेश गर्न महासचिवलाई अनुरोध गर्दै यस विषयमा

मध्यपहाडी लोकमार्ग : याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती

२० जेठ, कास्की । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन । उक्त सडक खण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । धुलो र हिलोका कारण यात्रु र सवारी चालकले

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क प्रयोग अनिवार्य नगरिने

२० जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग

सम्वन्धित समाचारहरु