Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

कोशी प्रदेशका युवामन्त्री भन्छन्- कोशी प्रदेशको नाम पुनः विचार गर्नुपर्छ


१५ असार, विराटनगर । युवा तथा खेलकुमन्त्री एवम् नेपाली कांग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री लिम्बूले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताएका हुन् । उनले प्रदेशको नाम पुनः विचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको जानकारी दिए । उनले कांग्रेसको गतिविधि शून्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरू च्याउजस्तै उम्रिएको बताए ।

‘‘अहिले कोशी प्रदेशमा समस्या उत्पन्न भएको अवस्था छ । त्यो विषयमा केन्द्रीय सभापति ज्यु र केन्द्रीय नेताहरू अनविज्ञ हुनुहुन्न । त्यो विषय त्यहाँका सांसद साथीहरूले उठाउनुभएको छ । त्यहाँ कांग्रेसमा आबद्ध साथीहरूलाई तपाईँहरू पहिचान विरोधी हो ? तपाईँहरू सङ्घीयता विरोधी हो की होइन, होइन भने प्रदेश १ को नाम राख्ने बेलामा जबरजस्ती रातारात किन कोशी प्रदेश राख्नुभयो भनेर हामीले फोनमा भनेका थियौँ ।’’ मन्त्री लिम्बूले भने, ‘‘यो पुनः विचार गर्नुपर्छ भनेर हामीले पार्टीको ध्यानाकर्षण गराएका छौँ । पार्टी के भन्छ सभापतिज्यूले भन्नुहोला । जनताको भावनाअनुसार जनताका कुरा सम्बोधन हुनेकुरा पार्टीभित्र आवाज उठ्छ की उठ्दैन ? पार्टीभित्र छलफल र बहस गरेर जनताको बीचमा जानुपर्छ ।’’

मन्त्री लिम्बूले पार्टीको रुचिमा नपरेको मन्त्रालय आफूलाई दिइए पनि पर्याप्त बजेट नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे । उनले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसा समेत नभएको दाबी गरे ।

उनले भने, ‘‘अहिले नेपाली कांग्रेसको गतिविधि शून्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरू च्याउजस्तै उम्रिएका छन् । हामी चुप लाग्ने हो भने कांग्रेसको इतिहास मेटिने देखिन्छ । पार्टीको केन्द्रमा नपरेको मन्त्रालय मलाई दिइएको छ । त्यो मन्त्रालयभित्र गाडीमा तेल हालेर हिँड्ने पैसा पनि छैन, कस्तो मन्त्रालय होला ? यो मन्त्रालयको रिफर्म नगरी मन्त्रालय अघि बढ्ने स्थिति छैन । यो मन्त्रालयमा दुई अर्ब सात करोड रुपियाँ मात्रै बजेट छ । पैसै छै, तर सिलिङ थपिएन । जति छ त्यसलाई व्यवस्थापन गर्नेछु ।’’

मन्त्री लिम्बूले अहिले कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरे ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?