Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

तेमाल गाउँपालिकाले ल्यायो ५० करोड ९३ लाखको बजेट, स्वास्थ्यमा १ करोड विनियोजन


१५ असार, काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले आर्थिक वर्ष २०८०-०८१ का लागि ५० करोड ९३ लाख ९० हजार ६२५ रुपैयाँको बजेट ल्याएको छ । बिहीबार १३औं गाउँ अधिवेशन मार्फत उपाध्यक्ष दलमान थोकरले उक्त बजेट सार्वजनिक गरेका हुन् ।

गाउँपालिकाले २०८०-०८१को बजेटमा शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार विकास र विपद् व्यस्थापनतर्फ ध्यान दिएर बजेट ल्याएको उपाध्यक्ष थोकरले बताए । तेमाल गाउँपालिकाले स्वास्थ्यमा १ करोड तथा शिक्षामा १० लाख बजेट छुट्याएको छ ।

गाउँपालिकाले चालु खर्च तर्फ ७ करोड १३ लाख ४ हजार ६५२ रूपैयाँ विनियोजन गरेको जानकारी दिइएको छ । त्यसैगरी, गाउँपालिकाले वडा नं. ५ को कार्यालय निर्माणको लागि १५ लाख र वडा नं. २ कार्यालय निर्माणका लागि ८ लाख बजेट छुट्याएको छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?