Trending
>>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

मुगुको स्वास्थ्य चाैकीमा औषधिको अभाव, एक चक्की सिटामोलसमेत पाउन मुस्किल


१५ असार, मुगु । मुगुको सोरु गाउँपालिकास्थित खनाया स्वास्थ्यचौकीमा औषधिको अभाव देखिएको छ । एक चक्की सिटामोलसमेत पाउन मुस्किल पर्ने अवस्था देखिएको अनुगमनका क्रममा भेटिएको हो ।

दैनिक १० देखि २० जनासम्म बिरामी उपचार गर्न स्वास्थ्यचौकीमा आउने गरे पनि औषधि नपाई रित्तै घर फर्किन बाध्य भएको गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए । मङ्गलबार दिउँसो अनुगमनको क्रममा खनाया स्वास्थ्यचौकीमा पुग्दा औषधि अभाव भएको देखिएको उनको भनाइ छ ।

“औषधि अभाव छ, आपूर्ति पनि हुन सकेको छैन । बिरामीलाई कसरी उपचार गरौँ”, अनमी तुल्सा विश्वकर्माले भनिन्, “औषधि न पालिकाले दिन्छ न त जिल्ला स्वास्थ्यबाट नै आउँछ ।”

औषधिका लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा माग गर्दा पनि हालसम्म औषधि नआएको उनले गुनासो गरिन् । “स्वास्थ्यचौकीमा ९८ प्रकारका औषिध हुनुपर्नेमा १० प्रकारका पनि औषधि  छैनन्”, उनले भनिन् ।

पालिकाले औषधि खरिदमा पर्याप्त बजेट नछुट्याउँदा र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ । सोरु गाउँपालिकाका स्वास्थ्य संयोजक चरित्र धामीले भने, “केही दिनभित्रै जिल्ला स्वास्थ्य कार्यालयबाट आएको औषधि र पालिकाले खरिद गरी अन्य स्वास्थ्यचौकीमा पठाइनेछ ।”

उक्त स्वास्थ्यचौकीमा औषधिका साथै बीपी सेट, थर्मोमिटरलगायत उपकरणको पनि अभाव भएको छ । उक्त स्वास्थ्यचौकीमा हाल सात जना कर्मचारी कार्यरत भए पनि हाल चार जना मात्र उपस्थित हुने गरेको स्थानीयको भनाइ छ ।


प्रकाशित मिति: १५ असार २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?