Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

समाचार


लोक सेवा आयोगले माग्यो ३६० जना लाइट ड्राइभर, क-कसले दिन पाउँछन् आवेदन ?

३१ श्रावण, काठमाडाैँ । लोक सेवा आयोगले ३६० जना हलुका सवारी चालकका लागि आवेदन आव्हान गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै आयोगले ठुलो सङ्ख्यामा सवारी चालक माग गरेको हो । योग्यता पुगेका नागरिकहरूले आगामी भदौ २६ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ ।

जहाज पर्खिँदा पर्खिँदै ४ बालकको मृत्यु

३१ श्रावण, हुम्ला । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमा ज्यान गुमाउनु परेको छ । खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा चार बालकको ज्यान गएको छ । विभिन्न रोगबाट पीडित बिरामी अन्यत्र लैजानका लागि जिल्ला अस्पतालले रिफर गरे पनि यातायातको सुविधा नहुँदा अस्पतालको शय्यामै

गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव, बिरामी मर्कामा

३१ श्रावण, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा राम साहले बताउनुभयो । उहाँका अनुसार १० दिनमा दुई सय ७३

नेपाल आउँदै चिनियाँ उच्च सैनिकको टोली

३१ श्रावण, काठमाडाैँ । चिनियाँ उच्च सैनिकको टोली नेपाल आउने भएको छ । आज चिनियाँ जनमुक्ति सेनाको छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमान्डर उपरथी यु एनदे टोलीसहित काठमाडौँ आउने जानकारी दिइएको छ । नेपाल आउन लागेको टोलीले प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ

स्वदेशमै कृषिमा भविष्य देखेका धनकुमार

३१ श्रावण, भोजपुर । भोजपुरमा विदेशप्रतिको मोह त्यागेर कृषिमा लाग्ने युवाको सङ्ख्या बढ्दै गएको छ । उनीहरुले स्वदेशमा बसेर कृषि व्यवसायबाट मनग्य आम्दानीसमेत गर्दै आएका छन् । कृषिमा लाग्ने युवालाई राज्यले सञ्चालन गरेको विभिन्न प्रोत्साहनमूलक कार्यक्रमले पनि सहयोग पुगेको छ । आफ्नै ठाउँमा केही गर्ने अभिलासाले पौवादुङमा गाउँपालिकाका धनकुमार राईले लामो

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक छ : राष्ट्रपति पुटिन

३१ श्रावण, एजेन्सी । विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका हुन् । बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने "अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित,

सबै जग्गाको कित्ताकाट फुकाउने सरकारको निर्णय

३१ श्रावण, काठमाडाैँ । मन्त्रिपरिषद्ले भूउपयोग नियमावली पास गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, “जग्गाको कित्ताकाटसम्बन्धी अहिलेसम्म रोकिएको अवस्था थियो, कित्ताकाट नामसारीलगायतका जग्गासम्बन्धी हालसम्म रोकिएका सबै कामलाई फुकाउने गरी भूउपयोग नियमावली क्याबिनेटले पास गरेको छ ।” जग्गा कित्ताकाटबारे

जानकी मन्दिरबाट हटाइयो मुख्यमन्त्री यादवको पोस्टर

३१ श्रावण, जनकपुर । युवा समूहले जानकी मन्दिर प्राङ्गणमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर (ब्यानर) हटाएको छ । मास नामक युवा समूहले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री यादवको ठुलो पोस्टर हटाएको हो । ती पोस्टरले मन्दिरको सौन्दर्यमा नकारात्मक असर पारेको भन्दै युवा समूहले मुख्यमन्त्रीसहित अन्य व्यापारिक प्रयोजनका लागि लगाइएका पोस्टरसमेत फालेको छ ।

भारतीय कारको ठक्करबाट झापामा एक जनाको मृत्यु

३१ श्रावण, झापा । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम

सोबिता गौतमलाई पराजीत गर्ने राई नेबिसंघको केन्द्रीय सदस्य

३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको कार्य समितिले पूर्णता पाएको छ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा ७११ सदस्यीय केन्द्रीय समिती गठन गरेका छ्न । जसमा १० जना डाक्टर, २७ जना इन्जिनियर, अधिवक्ता, सि.ए. र विभिन्न विश्वविद्यालय र ख्याति प्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयमा

सम्वन्धित समाचारहरु