Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक छ : राष्ट्रपति पुटिन


३१ श्रावण, एजेन्सी । विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । मस्कोमा आयोजित अन्तरराष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका हुन् ।

बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने “अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन्।”

रूसी नेताको धारणा छ – बहुध्रुवीय विश्व व्यवस्थाले अन्ततः “स्थिर र दिगो विश्वव्यापी विकास” मा योगदान पुर्याोउँछ र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्दछ।

उनले भने-हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरेर शक्तिकेन्द्रको आज्ञाकारी बनेको र अन्य राज्यहरूको स्रोतको दोहन गरेर “मानव त्रासदीबाट फाइदा लिन खोजिरहेका छन् ।”

“संयुक्त राज्य अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा अन्तरराज्यीय सम्बन्धको विद्यमान प्रणालीलाई उपयुक्त ठान्दै पुनर्संरचना गर्ने इच्छा राखेको छ र वाशिङ्गटनको इन्डो-प्यासिफिक रणनीतिहरू अमेरिकी नेतृत्वमा सैन्य र राजनीतिक संघहरू गठन गर्ने उद्देश्यले मात्र अभिप्रेरित छ ।” पुटिनको धारणा छ ।

नेटो सदस्य राष्ट्रहरूले सक्रिय रूपमा आफ्नो आक्रामक क्षमताको निर्माण गरिरहेका छन् र अन्य राज्यहरूमा दबाब दिन सैन्य र गैर-सैन्य माध्यमहरू प्रयोग गरिरहेको राष्ट्रपति पुटिनको दाबी छ ।

युक्रेनमा अर्बौं डलर लगानी गर्दै कीभलाई उपकरणहरू आपूर्ति गरेर पश्चिमी राष्ट्रहरूले द्वन्द्वलाई अझ चर्काउँदै लगेको र अन्य देशहरूलाई यसमा तानिरहेको पुटिनको धारणा छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?