Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

काँग्रेस, एमाले र माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन सकेनः अध्यक्ष लिङदेन


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सही नेतृत्व र सही व्यवस्था नपाउँदा देश बन्न नसकेको बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सही नेतृत्व र सही व्यवस्था नहुँदा देश बन्न नसकेको जिकिर गर्दै उनले राजनीतिक दलका मानिसहरुलाई न्यायाधीशमा, अख्तियारमा नियुक्ति गर्दा न्याय मरेको जिकिर गरे । उनले सरकारी निकायहरुमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरिरहेको बताउदै उनले सर्वोच्च अदालतमा काँग्रेस, एमाले, माओवादीबीच भाग नमिल्दा न्यायाधीश नियुक्ति हुन नसकेको दाबी गरेका छन् ।

उहाँले भने, ‘देश अहिलेसम्म बन्न नसक्नुको कारण हामीले ठिक नेतृत्व पाएनौँ । यिनीहरुले ल्याएको व्यवस्था ठिक भएन । आज हेर्नुस् त मान्छे तिनै छन् । न्यायाधीश उनीहरुले नियुक्ति गर्ने, काँग्रेस, एमाले, माओवादी भाग लगाएर न्यायाधीश नियुक्ति गर्दछन् । भ्रष्टाचार ग¥यो भने कारबाही गर्ने निकाय अख्तियारमा काँग्रेस, एमाले, माओवादीले भाग लगाएर नियुक्ति गरेका छन् । संवैधानिक अंगहरुमा चाहे त्यो मानव अधिकार आयोग होस्, अरु कुनैपनि आयोग हुन्, तिनीहरुमा दलको भागबण्डाबाट नियुक्ति हुन्छ । सल्लाहबाट नियुक्ति हुन्छ । सर्वोच्चमा अहिले न्यायाधीशको पद खालि भएको छ । काँग्रेस, एमाले र माओवादीको बीचमा सल्लाह मिल्न सकेको छैन । उनीहरु दलाली गरिरहेका छन् । त्यहाँ न्यायाधीश होइन, काँग्रेस, एमाले र माओवादीको मान्छे त्यहाँ लगेर राख्छन् । कसरी न्याय हुन्छ देशमा । नेता पनि ठिक छैन, यिनीहरुले ल्याएको व्यवस्था पनि ठिक छैन । नेतृत्व पनि र यो व्यवस्था पनि हामीले परिवर्तन गर्नुपर्नेछ ।’

अध्यक्ष लिङदेनले अब सिंगो देश एउटा निर्वाचन क्षेत्र हुनुपर्ने र जनता स्वयंले प्रधानमन्त्री चुन्न पाउनुपर्ने बताएका छन् । उनले सरकारलाई विदेशीले कहिले लडाउने हो भनेर डर पैदा भइरहेको बताए ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?