Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आफू नेतृत्वको अघिल्लो सरकारले गरेका सबै राम्रो कामविरुद्ध केन्द्रित भएको आरोप लगाएका छन् ।

योग्यलाई जिम्मेवारी दिने गरी त्रिभूवन विश्वविद्यालयको उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको विषय, लोडसेडिङ अन्त्यका लागि भुमिका खेल्ने अधिकारी लगायतविरुद्ध सरकारले काम गरिरहेको आरोप लगाएका हुन् । अध्यक्ष दाहालले आफूले भ्रष्टचारविरुद्ध अभियान छेडेपछि सरकारबाट हट्नुपरेको पनि दोहोर्याएका छन् ।

बिहीवार कीर्तिपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले पार्टीको तर्फबाट मेयरको उम्मेदवार बनेका शिवशरण महर्जनलाई सबैको साझा उम्मेदवार भएको भन्दै विजयी गराउन पनि अपिल गरे । अध्यक्ष दाहालले महर्जन इमान्दार व्यक्तित्व भएकाले उनले कीर्तिपुरवासी जनताको सेवामा समर्पित भएर काम गर्ने आश्वासन समेत दिएका छन् ।

अध्यक्ष दाहालले आफ्नो पार्टीका उम्मेदवार महर्जनले जिते कीर्तिपुरलाई शैक्षिक हवको केन्द्रको रुपमा विकास गर्ने आश्वासन समेत दिएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?