Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सरकारले मैले गरेका राम्रा कामविरुद्ध तीर सोझ्याएको छः पुष्पकमल दाहाल


काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आफू नेतृत्वको अघिल्लो सरकारले गरेका सबै राम्रो कामविरुद्ध केन्द्रित भएको आरोप लगाएका छन् ।

योग्यलाई जिम्मेवारी दिने गरी त्रिभूवन विश्वविद्यालयको उपकुलपतिलगायतका पदाधिकारी नियुक्तिको विषय, लोडसेडिङ अन्त्यका लागि भुमिका खेल्ने अधिकारी लगायतविरुद्ध सरकारले काम गरिरहेको आरोप लगाएका हुन् । अध्यक्ष दाहालले आफूले भ्रष्टचारविरुद्ध अभियान छेडेपछि सरकारबाट हट्नुपरेको पनि दोहोर्याएका छन् ।

बिहीवार कीर्तिपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले पार्टीको तर्फबाट मेयरको उम्मेदवार बनेका शिवशरण महर्जनलाई सबैको साझा उम्मेदवार भएको भन्दै विजयी गराउन पनि अपिल गरे । अध्यक्ष दाहालले महर्जन इमान्दार व्यक्तित्व भएकाले उनले कीर्तिपुरवासी जनताको सेवामा समर्पित भएर काम गर्ने आश्वासन समेत दिएका छन् ।

अध्यक्ष दाहालले आफ्नो पार्टीका उम्मेदवार महर्जनले जिते कीर्तिपुरलाई शैक्षिक हवको केन्द्रको रुपमा विकास गर्ने आश्वासन समेत दिएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?