Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि


काठमाडौँ। एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।

अन्तिम दिन ५–अण्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अण्डर २७६ को नतिजामा अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले हराउँदै युवा गल्फर राहुलले करियरको पहिलो उपाधि जितेका हुन् ।

एमेच्योर गल्फरको रूपमा सूर्य नेपाल टुरको प्रो उपाधि जित्ने उनी पाँचौ खेलाडी बनेका छन् । अन्तिम १८ होलको खेल शुरू गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो । तर पहिलो पटक फाइनलमा ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४–अण्डर ३२ मा सकाए । यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए। फ्रन्ट नाइनको खेल सकिँदा राहुलले खेललाई बराबरीमा पु¥याए । तोरण र राहुल समान ११–अण्डरमा थिए । यसपछि बाकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिष्पर्धा चल्यो । राहुलले ११ औं र १२औं होलमा बर्डी प्रहार गरे । तोरणले भने १० औं र १३ औं होलमा एक–एक सट बचाए भने १५ औं होलमा बोगी प्रहार गर्दा १५ औं होलको खेल सकिंदा खेल बराबरीमा पुग्यो । १६ औं होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो । उनले करिव २५ फिटबाट बर्डी प्रहार गरे । राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७ औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते । राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते ।

डिफेन्डिङ च्याम्पियन सदभाव आचार्यले समग्रमा ७–अण्डर २८१ सहित तेस्रो भए । उनले आज इभन–पार ७२ मा खेल सकाए । एमेच्योरतर्फ उनी दोस्रो भए । समग्रमा ३–अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्तरुपमा चौथो स्थान बाँडे । निरजले आज १–ओभर ७३ र भुवनले २–अण्डर ७० मा खेल सकाए। उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे। चार दिने प्रतियोगितामा कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो । प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिष्पर्धा गरे। सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लवमा हुनेछ ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?