Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राहुल विकले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि


काठमाडौँ। एमेच्योर गल्फर राहुल विकले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् ।

अन्तिम दिन ५–अण्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अण्डर २७६ को नतिजामा अनुभवी प्रो तोरण विक्रम शाहीलाई एक स्ट्रोकले हराउँदै युवा गल्फर राहुलले करियरको पहिलो उपाधि जितेका हुन् ।

एमेच्योर गल्फरको रूपमा सूर्य नेपाल टुरको प्रो उपाधि जित्ने उनी पाँचौ खेलाडी बनेका छन् । अन्तिम १८ होलको खेल शुरू गर्दा राहुल र सदभाव विरूद्ध तोरणसँग चार स्ट्रोकको स्पष्ट अग्रता थियो । उपाधि जित्ने सम्भावना तोरणको उच्च थियो । तर पहिलो पटक फाइनलमा ग्रुपमा खेलिरहेका राहुलले आत्मविश्वासी प्रदर्शन गरे । दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । बोगीरहित फ्रन्ट नाइन खेले। फ्रन्ट नाइन ४–अण्डर ३२ मा सकाए । यता लगातार तीन दिनका लिडर तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाए। फ्रन्ट नाइनको खेल सकिँदा राहुलले खेललाई बराबरीमा पु¥याए । तोरण र राहुल समान ११–अण्डरमा थिए । यसपछि बाकी नौ होलको खेलमा तोरण र राहुलको कडा प्रतिष्पर्धा चल्यो । राहुलले ११ औं र १२औं होलमा बर्डी प्रहार गरे । तोरणले भने १० औं र १३ औं होलमा एक–एक सट बचाए भने १५ औं होलमा बोगी प्रहार गर्दा १५ औं होलको खेल सकिंदा खेल बराबरीमा पुग्यो । १६ औं होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो । उनले करिव २५ फिटबाट बर्डी प्रहार गरे । राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७ औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिते । राहुलले दाबेदार सदभावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते ।

डिफेन्डिङ च्याम्पियन सदभाव आचार्यले समग्रमा ७–अण्डर २८१ सहित तेस्रो भए । उनले आज इभन–पार ७२ मा खेल सकाए । एमेच्योरतर्फ उनी दोस्रो भए । समग्रमा ३–अन्डर २८५ सहित धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्तरुपमा चौथो स्थान बाँडे । निरजले आज १–ओभर ७३ र भुवनले २–अण्डर ७० मा खेल सकाए। उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका मार्केटिङ भाइस प्रेसिडेन्ट दीप्रा लहरी र पिजिए नेपालका सल्लाहकार घनश्याम थापाले पुरस्कार वितरण गरे। चार दिने प्रतियोगितामा कुल नगद पुरस्कार ८ लाख ८२ हजार रहेको थियो । प्रतियोगितामा ३४ प्रोफेसनल र १३ गरी कुल ४७ खेलाडीले प्रतिष्पर्धा गरे। सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन डिसेम्बर १० देखि १३ सम्म रोयल नेपाल गल्फ क्लवमा हुनेछ ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?