Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल


काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको स्वाधिनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा एमाले उभिएको बेलामा निरन्तर प्रहार भइरहेको भन्दै त्यसको जवाफ कीर्तिपुरका जनताले दिनुपर्ने बताएका छन् ।

बिहीवार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेको अगुवाईमा नेपाली सांस्कृतिक जागरणको नेतृत्व गर्ने थलो कीर्तिपुर भएको भन्दै एमालेका पक्षमा मतदान गरेर कीर्तिपुर देशको पक्षमा रहेको सन्देश दिनुपर्ने बताएका हुन् । उनले देशमा आन्दोलन हुँदा, देशका सीमाहरु मिचिँदा देशको स्वाधिनता र स्वाभिमानमाथि हमला हमला हुँदा कीर्तिपुर सधैँ अगाडि आउने गरेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको समेत बताएका छन् । बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा देश बनाउन युवाहरू राजनीतिमा आउन आवश्यक रहेको उनको भनाइ छ ।

नेवारी संस्कृति, नेवारी भाषालाई राष्ट्रियस्तरमा स्थापित गर्नको लागि एमालेले गरेको अगुवाइमा कीर्तिपुरको महत्वपूर्ण भुमिका र साथ रहेको रहेको बताएका छन् । कीर्तिपुरको मेयर पदका एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार रहेका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?