Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

एमालेमाथि भइरहेको हमलाको जवाफ कीर्तिपुरका जनताले दिनुपर्छः एमाले महासचिव पोखरेल


काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको स्वाधिनता, स्वाभिमानको रक्षा र राष्ट्रहितका पक्षमा एमाले उभिएको बेलामा निरन्तर प्रहार भइरहेको भन्दै त्यसको जवाफ कीर्तिपुरका जनताले दिनुपर्ने बताएका छन् ।

बिहीवार कीर्तिपुरमा आयोजना भएको एमाले चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेको अगुवाईमा नेपाली सांस्कृतिक जागरणको नेतृत्व गर्ने थलो कीर्तिपुर भएको भन्दै एमालेका पक्षमा मतदान गरेर कीर्तिपुर देशको पक्षमा रहेको सन्देश दिनुपर्ने बताएका हुन् । उनले देशमा आन्दोलन हुँदा, देशका सीमाहरु मिचिँदा देशको स्वाधिनता र स्वाभिमानमाथि हमला हमला हुँदा कीर्तिपुर सधैँ अगाडि आउने गरेको बताए । उनले नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको समेत बताएका छन् । बलिया शक्तिले देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यताका आधारमा देश बनाउन युवाहरू राजनीतिमा आउन आवश्यक रहेको उनको भनाइ छ ।

नेवारी संस्कृति, नेवारी भाषालाई राष्ट्रियस्तरमा स्थापित गर्नको लागि एमालेले गरेको अगुवाइमा कीर्तिपुरको महत्वपूर्ण भुमिका र साथ रहेको रहेको बताएका छन् । कीर्तिपुरको मेयर पदका एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार रहेका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?