Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

राजनीतिक दलहरु कहिल्यै स्वतन्त्र हुन सक्दैनः महामन्त्री शर्मा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनैपनि राजनीतिक दलहरु कहिल्यै पनि स्वतन्त्र हुन नसक्ने बताएका छन् ।

बिहीवार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । उनले २०७९ को निर्वाचनपछि अहिलेसम्म आइपुग्दा केही मानिसहरुको नारा नै पुरानाको दिन गए भन्ने विषयले आम मानिसहरुमा दलहरुकै दिन गए भन्ने मनोविज्ञान भएको बताए ।

उनले दलको नाम स्वतन्त्र राखेर मानिसहरुको असन्तुष्टिलाई क्याच गरेर ठगी गरेको टिप्पणी गर्दै उनले यस्तो भाष्यले दलहरुले वर्षौंदेखि शासन गरे, अब मानिसहरु स्वतन्त्र हुनुपर्छ भन्दै राजनीतिक दलहरुप्रति केही असन्तुष्टि बाहिर आएको बताएका छन् । उनले मुलुकमा दलको विकल्प दल नै हुने र लोकतन्त्रको विकल्प फेरि पनि लोकतन्त्र नै भएको बताए ।

उनले स्वतन्त्र मनोविज्ञानलाई क्याच गर्नको लागि एउटा दलले आफ्नो नाम नै स्वतन्त्र राखेको बताउदै उनले देशमा हरेक नागरिकलाई स्वतन्त्र नेपाली काँग्रेस पार्टीले बनाएको दाबी गरेका छन् । उनले कुनै दललाई नरोज भन्ने अभिव्यक्ति मानिसहरु माथिको हुकुम भएको बताए । उनले पुरानोका दिन गए भनेर दलगत पद्धतीको विरोध गर्ने मनोविज्ञानसँग नेपाली काग्रेस सहमत नभएको बताएका छन् । उनले कुनैपनि पार्टी जन्ममितिको आधारमा पुरानो नहुने बताउदै राजनीति दर्शन,आर्थिक दर्शन,सामाजिक दृष्टिकोण पुरानै बोक्ने अनि जन्म मिति निर्वाचन आयोगमा दर्ता गरेको कारणले मात्रै नयाँ भन्ने खालको मनोविज्ञान बनाउनु उचित नभएको बताएका छन् ।

महामन्त्री शर्माले नेपाली काँग्रेस अहिलेको विद्यमान सरकारलाई बलियो बनाउनको लागि पनि उपनिर्वाचनमा मत दिनुपर्ने बताएका छन् । उनले उपनिर्वाचनमा काँग्रेसले जित्दैगर्दा नेपाली काँग्रेसका सरकारमा सहभागि मन्त्रीहरुको आत्मबल उच्च हुने बताउदै उनले सरकार र सविधान बलियो बनाउन मात्रै नभएर सहकारी ठगी समस्या समाधानका लागि पनि नेपाली काँग्रेसलाई मत आवश्यक परेको बताएका छन् । उनले काँग्रेसले संसदमा सहकारी ठगी विषयमा लिएको अडानको कारण सहकारीमा ठगीमा मजदुर,किसानहरुले न्याय पाउने अवस्था बनेको बताएका छन् ।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?