Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

जानकी मन्दिरमा विवाहपञ्चमीको तयारी अन्तिम चरणमा


जनकपुर। जनकपुरधाममा प्रत्येक वर्ष मनाइने सीताराम विवाहपञ्चमीको अन्तिम तयारी चलिरहेको छ ।

प्रत्येक वर्ष एक हप्तासम्म मनाइने साताव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको जानकी मन्दिरको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताएका छन् । प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जन्ती आउने गरेकाले यस वर्षको विवाहपञ्चमी महोत्सव विशेष रहेको उनले बताएका छन् । मंसिर १६ गतेदेखि शुरु हुने विवाहपञ्चमी महोत्सव एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको छ ।

एक सातासम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर १६ गते नगर दर्शनबाट शुरु हुनेछ । दोस्रो दिन फूलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठौ दिन स्वयंवर तथा शुभ विवाह र सातौँ दिन राम कलेवा हुनेछ । रामकलेवाको भोलीपल्ट आयोध्याबाट आएका जन्तीलाई विदाई गर्ने कार्यक्रम राखिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले बताए ।

यता विवाहपञ्चमी महोत्सवलाई मध्येनजर गर्दै मधेस सरकारले मधेस भवनको पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न शुरु गरेको छ । पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्किनेछ । ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० लाख रुपैयाँ बजेटमा यो परियोजना सञ्चालन गरिएको छ । मिथिला पेन्टि गरिरहेकी पुनम झाले पर्खालमा सीताजीसँग सम्बन्धित चित्रहरु कोरिरहेको जानकारी दिएका छन्।


प्रकाशित मिति: १३ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?