Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जानकी मन्दिरबाट हटाइयो मुख्यमन्त्री यादवको पोस्टर


३१ श्रावण, जनकपुर । युवा समूहले जानकी मन्दिर प्राङ्गणमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर (ब्यानर) हटाएको छ । मास नामक युवा समूहले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री यादवको ठुलो पोस्टर हटाएको हो ।

ती पोस्टरले मन्दिरको सौन्दर्यमा नकारात्मक असर पारेको भन्दै युवा समूहले मुख्यमन्त्रीसहित अन्य व्यापारिक प्रयोजनका लागि लगाइएका पोस्टरसमेत फालेको छ । केही दिनअघि मात्र जानकी मन्दिरको ठिकअगाडि रहेको जानकी फूलबारीमा तरकारी लगाई करेसाबारी बनाइएपछि त्यसको विरोध गर्दै मास युवा समूहले करेसाबारी मासेर पुनः फूलबारी बनाएको थियो ।

समाजमा भइरहेका कुरीति, विसङ्गति र भ्रष्टाचारविरुद्ध पटक पटक अवाज उठाउँदै आएका जनकपुरधामवासी सरोजकुमार मिश्रको नेतृत्वमा रहेको उक्त समूहले मुख्यमन्त्रीको तस्बिरलाई प्राथमिकता दिई राखिएको बोर्डले मन्दिरको महìव र सौन्दर्यमा आँच आएको भन्दै पोस्टर हटाएको हो । समूहका नेतृत्वकर्ता मिश्रले जानकी मन्दिरपरिसरमा अनैतिक रूपले लगाइएको गैरधार्मिक पोस्टरहरूसमेत हटाइएको बताए ।

उनले भने, “पटक पटक सरोकारवालालगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा महन्थको ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि मङ्गलबार हटाउनु परेको हो ।” आगामी दिनमा त्यस स्थलमा धार्मिक स्थल एवं परिक्रमाको विशेषतासहितको बोर्ड र ब्यानर लगाउने योजना मास समूहको रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?