Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जानकी मन्दिरबाट हटाइयो मुख्यमन्त्री यादवको पोस्टर


३१ श्रावण, जनकपुर । युवा समूहले जानकी मन्दिर प्राङ्गणमा लगाइएको मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको पोस्टर (ब्यानर) हटाएको छ । मास नामक युवा समूहले मन्दिर प्राङ्गणमा लगाइएको मुख्यमन्त्री यादवको ठुलो पोस्टर हटाएको हो ।

ती पोस्टरले मन्दिरको सौन्दर्यमा नकारात्मक असर पारेको भन्दै युवा समूहले मुख्यमन्त्रीसहित अन्य व्यापारिक प्रयोजनका लागि लगाइएका पोस्टरसमेत फालेको छ । केही दिनअघि मात्र जानकी मन्दिरको ठिकअगाडि रहेको जानकी फूलबारीमा तरकारी लगाई करेसाबारी बनाइएपछि त्यसको विरोध गर्दै मास युवा समूहले करेसाबारी मासेर पुनः फूलबारी बनाएको थियो ।

समाजमा भइरहेका कुरीति, विसङ्गति र भ्रष्टाचारविरुद्ध पटक पटक अवाज उठाउँदै आएका जनकपुरधामवासी सरोजकुमार मिश्रको नेतृत्वमा रहेको उक्त समूहले मुख्यमन्त्रीको तस्बिरलाई प्राथमिकता दिई राखिएको बोर्डले मन्दिरको महìव र सौन्दर्यमा आँच आएको भन्दै पोस्टर हटाएको हो । समूहका नेतृत्वकर्ता मिश्रले जानकी मन्दिरपरिसरमा अनैतिक रूपले लगाइएको गैरधार्मिक पोस्टरहरूसमेत हटाइएको बताए ।

उनले भने, “पटक पटक सरोकारवालालगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा महन्थको ध्यानाकर्षण गराउँदा पनि चासो नदिएपछि मङ्गलबार हटाउनु परेको हो ।” आगामी दिनमा त्यस स्थलमा धार्मिक स्थल एवं परिक्रमाको विशेषतासहितको बोर्ड र ब्यानर लगाउने योजना मास समूहको रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?