Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

भारतीय कारको ठक्करबाट झापामा एक जनाको मृत्यु


३१ श्रावण, झापा । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम खनाल (डोरप्रसाद)को ज्यान गएको हो ।

बेलुका ७ बजेतिरको समयमा अत्यधिक गतिमा आएको भारतीय नम्बर प्लटेको कारले पाडाजुङ्गी स्थित गीता आयल सेन्टर नजिकै मोटरसाइकललाई ठक्कर दिएपछि खनाल गम्भीर घाइते भएका थिए ।

खनालको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामाले बताए । उनका अनुसार ठक्कर दिने सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?