Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भारतीय कारको ठक्करबाट झापामा एक जनाको मृत्यु


३१ श्रावण, झापा । झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित पाडाजुङ्गी सडक खण्डमा मङ्गलवार बेलुका सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारी साधनले ठक्कर दिँदा कमल वडा नं. ४ का मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवारमा ६८ बर्षीय शान्तिराम खनाल (डोरप्रसाद)को ज्यान गएको हो ।

बेलुका ७ बजेतिरको समयमा अत्यधिक गतिमा आएको भारतीय नम्बर प्लटेको कारले पाडाजुङ्गी स्थित गीता आयल सेन्टर नजिकै मोटरसाइकललाई ठक्कर दिएपछि खनाल गम्भीर घाइते भएका थिए ।

खनालको उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामाले बताए । उनका अनुसार ठक्कर दिने सवारी साधन सहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?