Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

सोबिता गौतमलाई पराजीत गर्ने राई नेबिसंघको केन्द्रीय सदस्य


३१ ,श्रावण ,काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको कार्य समितिले पूर्णता पाएको छ। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा ७११ सदस्यीय केन्द्रीय समिती गठन गरेका छ्न ।

जसमा १० जना डाक्टर, २७ जना इन्जिनियर, अधिवक्ता, सि.ए. र विभिन्न विश्वविद्यालय र ख्याति प्राप्त अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु समेत मनोनीत भएका छ्न । यसका साथै रास्वपाका सांसद सोविता गौतमलाई आयोनको अध्यक्षमा पराजित गर्ने विकल राई समेत मनोनित भएका छन्। नेपाल युवा संस्था संजाल (आयोन) देशैभरिका युवा संस्था हरुको छाता सगठन हो ।

लामो समय महाधिवेशन हुन नसकेको नेविसंघको केन्द्रीय समितिमा विभिन्न क्षेत्रका विज्ञ र तेजाबी विद्यार्थीहरुले समेत स्थान प्राप्त गरेका छन्। समयानुकूल राजनीतिलाई गतिशील ढंगले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने संगठन निर्माणको लागि सबै क्षेत्रको साथीहरुलाई समेटेर ठूलो समिति गठन गरेको अध्यक्ष शेर्पाले बताए।


प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?