Trending
>>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल


काठमाडौँ ।सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् । ललितपुरमा शनिवार आयोजित कार्यक्रममा उहाँले सम्पदा, संस्कृति, मठमन्दिर र भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको बताउदै उनले मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्थानीय समुदायबाट प्राप्त सुझाव र समस्या कानुन निर्माण गर्ने तहसम्म पुर्याउन आफूले प्रयास गर्ने बताएका छन् । उनले देशको माटो चिनाउन नेवारी र थारु समुदायको महत्वपुर्ण भुमिका रहको बताएका छन् । उनले भने, ललितपुर यो संस्कृतिमा सम्पदामा मन्दिरमा भगवानको लागि मात्रै धनी होइन । देश निर्माण गर्नको लागि सम्पदा जोगाउनको लागि, संस्कृति जोगाउनको लागि नेवारी भाषालाई जोगाउनको लागि यहाँहरूको ठूलो देन छ । यो देशमा सबैभन्दा बढी माटो कसैले चिनेको छ भने सायद नेवारी समुदाय र थारु समुदाय होला जसले माटोलाई चिनेको छ । माटोसँगको त्यो सम्बन्ध विस्तार गरेको छ । देश निर्माण गर्नको लागि देशका पटक पटक देशमा भएका राजनीतिक आन्दोलनहरूमा त्यो गुठी आन्दोलन होला या अन्य कुनै आन्दोलन त्यसमा पनि नेवारी समुदाय, भ्यालीमा बसोवास गर्नुहुने दाजुभाइ दिदीबहिनीको त्यति नै महत्त्वपूर्ण योगदान छ । म धादिङमा जन्मेको मान्छे, काठमाडौं आउँदै गर्दा मेरो सुरुवातको बसोबास केही वर्ष ललितपुरको पाटन ढोकामा भएको थियो । त्यसकारणले पनि मेरो ललितपुरसँग छुट्टै सम्बन्ध छ । ललितपुरको मायाले ललितपुरको आशिर्वादले आज तपाईंहरू सबैको आशिर्वादले यो देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका मध्ये तीनवटा मध्ये एउटा व्यवस्थापिकाको कानुन निर्माण गर्ने ठाउँको जिम्मेवारी, त्यसको नेतृत्व गर्ने त्यो सौभाग्य मिलेको छ । यो तपाईंहरू सबैजनाको आशिर्वादले हो र म तपाईहरूसँग ऋणी छु। किन हामीले धेरै काम गर्नुपर्ने छ, हाम्रा छोराछोरीहरूको भविष्य निर्माणको लागि हामीले यो देशमा धेरै काम गर्न बाँकी छ, कानुनहरू निर्माण गर्न बाँकी छ, हाम्रा अग्रजहरूले छोडेर जानुभएको हामीले बिर्सन नै नहुने हाम्रा सम्पदाहरूलाई, संस्कृतिहरूलाई, मठ मन्दिरहरूलाई हामीले जोगाएर राख्नको लागि हामीले विभिन्न कानुनहरू निर्माण गर्नुपर्ने छ । त्यो ठाउँमा पुग्ने एउटा सौभाग्य मैले प्राप्त गरेको छु । त्यसमा म तपाईंहरूको कारिन्दाको रूपमा, एउटा कामदारको रूपमा तपाईंहरूले दिएको जिम्मेवारीलाई पूरा गर्ने त्यो जिम्मेवारी लिएर त्यहाँ पुगेको हुँ । म अत्यन्तै साधारण तपाईंहरूजस्तै मान्छे हुँ । मलाई बोलाउनको लागि विशेष कार्यक्रम केही चाहिँदैन । यहाँको दुःख–सुख, यहाँ के काम गर्नुपर्ने रहेछ, हामीले त्यसलाई कानुन निर्माण गर्ने ठाउँमा पु¥याउनलाई कोसिस गर्छु ।’ उनले ललितपुरको नेवारी संस्कृति र खानाप्रतिको आफ्नो रुचिसमेत व्यक्त गरेका छन् । संग्रहालय तथा सम्पदा अवलोकनका साथै नेवारी खाना खानका लागि ललितपुर जानुपर्ने उनको भनाई छ ।

काठमाडौँ ।सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताएका छन् ।

ललितपुरमा शनिवार आयोजित कार्यक्रममा उहाँले सम्पदा, संस्कृति, मठमन्दिर र भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको बताउदै उनले मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्थानीय समुदायबाट प्राप्त सुझाव र समस्या कानुन निर्माण गर्ने तहसम्म पुर्याउन आफूले प्रयास गर्ने बताएका छन् । उनले देशको माटो चिनाउन नेवारी र थारु समुदायको महत्वपुर्ण भुमिका रहको बताएका छन् ।

उनले भने, ललितपुर यो संस्कृतिमा सम्पदामा मन्दिरमा भगवानको लागि मात्रै धनी होइन । देश निर्माण गर्नको लागि सम्पदा जोगाउनको लागि, संस्कृति जोगाउनको लागि नेवारी भाषालाई जोगाउनको लागि यहाँहरूको ठूलो देन छ । यो देशमा सबैभन्दा बढी माटो कसैले चिनेको छ भने सायद नेवारी समुदाय र थारु समुदाय होला जसले माटोलाई चिनेको छ । माटोसँगको त्यो सम्बन्ध विस्तार गरेको छ । देश निर्माण गर्नको लागि देशका पटक पटक देशमा भएका राजनीतिक आन्दोलनहरूमा त्यो गुठी आन्दोलन होला या अन्य कुनै आन्दोलन त्यसमा पनि नेवारी समुदाय, भ्यालीमा बसोवास गर्नुहुने दाजुभाइ दिदीबहिनीको त्यति नै महत्त्वपूर्ण योगदान छ । म धादिङमा जन्मेको मान्छे, काठमाडौं आउँदै गर्दा मेरो सुरुवातको बसोबास केही वर्ष ललितपुरको पाटन ढोकामा भएको थियो । त्यसकारणले पनि मेरो ललितपुरसँग छुट्टै सम्बन्ध छ । ललितपुरको मायाले ललितपुरको आशिर्वादले आज तपाईंहरू सबैको आशिर्वादले यो देशको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका मध्ये तीनवटा मध्ये एउटा व्यवस्थापिकाको कानुन निर्माण गर्ने ठाउँको जिम्मेवारी, त्यसको नेतृत्व गर्ने त्यो सौभाग्य मिलेको छ । यो तपाईंहरू सबैजनाको आशिर्वादले हो र म तपाईहरूसँग ऋणी छु। किन हामीले धेरै काम गर्नुपर्ने छ, हाम्रा छोराछोरीहरूको भविष्य निर्माणको लागि हामीले यो देशमा धेरै काम गर्न बाँकी छ, कानुनहरू निर्माण गर्न बाँकी छ, हाम्रा अग्रजहरूले छोडेर जानुभएको हामीले बिर्सन नै नहुने हाम्रा सम्पदाहरूलाई, संस्कृतिहरूलाई, मठ मन्दिरहरूलाई हामीले जोगाएर राख्नको लागि हामीले विभिन्न कानुनहरू निर्माण गर्नुपर्ने छ । त्यो ठाउँमा पुग्ने एउटा सौभाग्य मैले प्राप्त गरेको छु । त्यसमा म तपाईंहरूको कारिन्दाको रूपमा, एउटा कामदारको रूपमा तपाईंहरूले दिएको जिम्मेवारीलाई पूरा गर्ने त्यो जिम्मेवारी लिएर त्यहाँ पुगेको हुँ । म अत्यन्तै साधारण तपाईंहरूजस्तै मान्छे हुँ । मलाई बोलाउनको लागि विशेष कार्यक्रम केही चाहिँदैन । यहाँको दुःख–सुख, यहाँ के काम गर्नुपर्ने रहेछ, हामीले त्यसलाई कानुन निर्माण गर्ने ठाउँमा पु¥याउनलाई कोसिस गर्छु ।’

उनले ललितपुरको नेवारी संस्कृति र खानाप्रतिको आफ्नो रुचिसमेत व्यक्त गरेका छन् । संग्रहालय तथा सम्पदा अवलोकनका साथै नेवारी खाना खानका लागि ललितपुर जानुपर्ने उनको भनाई छ ।


प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?