२९ जेष्ठ ,इस्लामावाद ।पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका अधिकारीहरूले बताएका छन्
२९ जेष्ठ ,काठमाडौँ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभासमक्ष उक्त प्रस्ताव पेस गरेका हुन् । विनियोजन बजेटका विभिन्न मन्त्रालय र सचिवालय शीर्षकमाथि यही जेठ ३२ देखि असार १२ गतेसम्म छलफलका लागि दिन
२९ जेष्ठ ,नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आगामी महिना हुने आम निर्वाचनका निम्ति शान्ति सुरक्षा कडा पार्न सेनालाई आह्वान गरेका छन् । नोम पेन्हको पश्चिमी बाहिरी इलाकामा रहेको शाही कम्बोडियन सशस्त्र बल (आरसीएएफ) एकाइको ब्रिगेड ७० को मुख्यालय नयाँ भवनको उद्घाटन समारोहमा उनले सो आग्रह गरेका
२९ जेष्ठ ,काठमाडौँ । नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो । अघिल्लो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी
२९ जेष्ठ ,रुपन्देही । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकासी गर्दा तिलोत्तमा नगरपालिकाबाट सीमा मिचिएको जनाएको छ । आज राससमा ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई पत्राचार गरी सहमति पालना गर्न अनुरोध गरेको छ । सीमा रेखाङ्कन नगरी नदीजन्य पदार्थ उत्खनन गर्दा बुटवलको क्षेत्रमा
२९ जेष्ठ ,काठमाडौँ । तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनशिपको उपाधि भारतले जितेको छ । भारतले ६ स्वर्ण, ८ रजत र ४ कास्य पदक जित्दै प्रतियोगितामा च्याम्पियन बनेको हो । काठमाडौँको तिलगङ्गास्थित नेपाल–भारतमैत्री धर्मशालामा आज सम्पन्न उक्त प्रतियोगितामा समान ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक जित्दै नेपालले दोस्रो
२९ जेष्ठ ,मकवानपुर ।बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते अपराह्न २ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । उनका अनुसार, यही जेठ ३१ गते अपराह्न २ बजेको समयमा कार्यपरामर्श
२९ जेष्ठ ,नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका–६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
२९ जेठ, एजेन्सी । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको सपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो । उनि रक्त क्यान्सरबाट ग्रसित थिए । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।
२९ जेठ, काठमाडाैँ । प्रतिनिधिसभामा ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत भएका छन् । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त दुवै विधेयक प्रस्तुत गरेका हुन् । दुवै विधेयक प्रस्तुत गर्नुअघि सांसद प्रेम सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत