Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
११ चैत्र २०८२, बुधबार
११ चैत्र २०८२, बुधबार

कम्बोडियाका प्रधानमन्त्रीद्वारा शान्ति सुरक्षामा जोड


२९ जेष्ठ ,नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आगामी महिना हुने आम निर्वाचनका निम्ति शान्ति सुरक्षा कडा पार्न सेनालाई आह्वान गरेका छन् ।

नोम पेन्हको पश्चिमी बाहिरी इलाकामा रहेको शाही कम्बोडियन सशस्त्र बल (आरसीएएफ) एकाइको ब्रिगेड ७० को मुख्यालय नयाँ भवनको उद्घाटन समारोहमा उनले सो आग्रह गरेका हुन् ।

उनले शान्ति राष्ट्रिय विकासको सबैभन्दा महत्त्वपूर्ण शर्त हो भन्दै शान्ति कायम राख्न सेनाहरूले गरेको योगदानको प्रशंसा पनि गरेका छन् । “म राष्ट्रिय एकतालाई सुदृढ पार्न र सबै शत्रुतालाई रोक्न सबै तहका स्थानीय अधिकारी, सम्बन्धित निकाय, एकाइ र जनतासँगको असल सहकार्यलाई निरन्तरता दिन ब्रिगेड ७० का कमाण्डर, उपकमाण्डर र सैनिकहरूलाई अपिल गर्न चाहन्छु ।” उनले भने ।

प्रधानमन्त्रीले आरसीएएफ विशेषगरी ब्रिगेड ७० सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षामा मात्र नभई सामाजिक–आर्थिक विकासमा पनि सहयोग गर्ने प्रमुख शक्ति भएको बताएका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रले जुलाई २३ मा १२५ सिटको राष्ट्रिय सभाको लागि आम निर्वाचन गर्दैछ । राष्ट्रिय निर्वाचन समितिका अनुसार ९७ लाखभन्दा बढी कम्बोडियालीहरूले मतदानका निम्ति नाम दर्ता गराएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?