Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

कम्बोडियाका प्रधानमन्त्रीद्वारा शान्ति सुरक्षामा जोड


२९ जेष्ठ ,नोम पेन्ह । कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आगामी महिना हुने आम निर्वाचनका निम्ति शान्ति सुरक्षा कडा पार्न सेनालाई आह्वान गरेका छन् ।

नोम पेन्हको पश्चिमी बाहिरी इलाकामा रहेको शाही कम्बोडियन सशस्त्र बल (आरसीएएफ) एकाइको ब्रिगेड ७० को मुख्यालय नयाँ भवनको उद्घाटन समारोहमा उनले सो आग्रह गरेका हुन् ।

उनले शान्ति राष्ट्रिय विकासको सबैभन्दा महत्त्वपूर्ण शर्त हो भन्दै शान्ति कायम राख्न सेनाहरूले गरेको योगदानको प्रशंसा पनि गरेका छन् । “म राष्ट्रिय एकतालाई सुदृढ पार्न र सबै शत्रुतालाई रोक्न सबै तहका स्थानीय अधिकारी, सम्बन्धित निकाय, एकाइ र जनतासँगको असल सहकार्यलाई निरन्तरता दिन ब्रिगेड ७० का कमाण्डर, उपकमाण्डर र सैनिकहरूलाई अपिल गर्न चाहन्छु ।” उनले भने ।

प्रधानमन्त्रीले आरसीएएफ विशेषगरी ब्रिगेड ७० सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षामा मात्र नभई सामाजिक–आर्थिक विकासमा पनि सहयोग गर्ने प्रमुख शक्ति भएको बताएका छन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रले जुलाई २३ मा १२५ सिटको राष्ट्रिय सभाको लागि आम निर्वाचन गर्दैछ । राष्ट्रिय निर्वाचन समितिका अनुसार ९७ लाखभन्दा बढी कम्बोडियालीहरूले मतदानका निम्ति नाम दर्ता गराएका छन् ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?