Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम पाँचखालमा बन्ने


२९ जेष्ठ ,काठमाडौँ । नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्राम काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा बन्ने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकाको सहकार्यमा सार्वजनिक–निजी साझेदारी अवधारणामा यस्तो ओद्योगिक पार्क बनाउन लागेको हो ।

अघिल्लो बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचखालमा महिला उद्यमी विशेष औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको थियो । दक्षिण एसियाली महिला विकास मञ्चले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उद्योग औद्योगिक ग्राम (पार्क) बारे जानकारी गराएको हो ।

“पाँचखाल नगरपालिकामा रहेको औद्यागिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा रूपान्तरण गर्ने निर्णय सरकारले गरेको छ । महिला उद्यमी र हरित अर्थतन्त्रका लागि यो औद्योगिक पार्क स्थापना हुनु सकारात्मक रहेको छ र अन्य छ वटा प्रदेशमा पनि यस्तै प्रकृतिका पार्क स्थापनाका लागि हरित औद्योगिक पार्क ऐन ल्याउन आवश्यक छ” दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले भनिन् । उनले लघु, साना र मझौला महिला उद्यमीका लागि उपयुक्त वातावरण सिर्जना गर्ने यस्ता आयोजना कार्यान्वयनमा जोड दिएर राष्ट्रिय अर्थतन्त्रमा महिला उद्यमीको भूमिका बढाउनुपर्ने समेत बताईन् ।

महिला उद्यमी हरित औद्योगिक पार्क समितिकी अध्यक्ष शारदा रिजालले पाँचखाल नगरपालिकाको होक्सेमा शुरु भएको पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क परियोजनाबारे प्रस्तुतीकरण गरिन् ।प्रदुषणमुक्त, फोहरमैला व्यवस्थापन र फोहोर पानीको पुनरप्रयोग, ऊर्जा संरक्षणका लागि साझा योजना, स्थानीय सामग्रीको प्रयोग गरी बनाइएको भवनलगायतका विशेषताबारे उनले प्रकाश पारिन् ।

नेपालको हरित औद्योगिक अवधारणालाई एकीकृत जलवायु परिवर्तन अनुकूल बनाउनका लागि ‘कृषि–पर्यटन हरित औद्योगिक पार्क’ लाई ब्रान्डका रूपमा प्रचार गरिने जनाइएको छ । यो परियोजना नेपालमा पहिलो र दक्षिण एसियामा दोस्रो हो । यो औद्योगिक पार्कमा कृषि खाद्य क्षेत्रका साथै पर्यटन केन्द्रीत सेवा क्षेत्रसँग सम्बन्धित ५० वटा साना उद्योग स्थापना गरिने जनाइएको छ ।

महिला उद्यमशीलतालाई बढावा दिने उद्देश्यले स्थापित दक्षिण एसियाली महिला विकास मञ्च सार्क मान्यताप्राप्त संस्था हो भने यो संस्थाले संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्को रूपमा मान्यता पाएको छ ।


प्रकाशित मिति: २९ जेष्ठ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?