Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

कोप–२९ मा सांसद डाक्टर शाक्यः कोइला उत्पादन नेपालमा न्यून छ तर असर ठूलो भोग्न बाध्य छौँ


अजरबैजान । राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यले कोइला उत्पादनमा नेपालको भूमिका न्युन भए पनि त्यसको असर भोग्न बाध्य हुनु परेको बताउनु भएको छ । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि युएनएफसीसीसीका पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)मा ‘एसियाको कोइलाको उपयोग घटाउने प्रयासः मुख्य निष्कर्ष र साझा मार्ग’ विषयको बहसमा सहभागी हुँदै सांसद शाक्यले यस्तो उल्लेख गर्नु भएको हो । ‘विश्वव्यापी तापमान वृद्धिमा कोइला उत्पादनको प्रमुख भूमिका छ । कोइला त्यस्तो जीवाश्म इन्धन हो जसको प्रयोगले ठूलो मात्रामा कार्वनडाइ अक्साइड उत्सर्जन गदर्छ,’ शाक्यले भन्नुभयो, ‘कोइला उत्पादनमा नेपालको भूमिका न्युन छ तर, एशियाली मुलुकमा पनि मुख्य गरेर चाइना र भारत कोइला उत्पादनमा अग्रपङ्त्तिमा छन् । यी दुई राष्ट्रको बिचमा रहेको हाम्रो देश नेपालले ती देशमा उत्पादित तथा प्रयोग गर्ने कोइलाको असर भोग्न बाध्य भएको छ ।’

उहाँले हरितगृह ग्यास उत्र्सजनमा नेपालको अति न्यून भूमिका रहे पनि विश्वव्यापी तापमान वृद्धिका कारण नेपाले रहेक वर्ष ठूलो क्षति व्यहोर्न बाध्य भएको पनि उहाँले उल्लेख गर्नुभयो । जलवायु परिवर्तन गराउन हरितगृह ग्यासको मुख्य भूमिका हुन्छ । ऊर्जा, उद्योग र उत्पादन क्षेत्र, कृषि–पशुपालन, वन र फोहोर हरितगृह ग्यास उत्सर्जनका मुख्य स्रोत मानिन्छन् । ‘हरितगृह ग्यास उत्र्सजका कारण नेपालमा रहेका २ हजार ३ सय २३ हिमताहरु मध्ये २० वटा हिमतालहरु उच्च जोखिममा रहेको तथ्यहरु बाहिर आएका छन्,’ उहाँले भन्नुभयो, ‘हरेक वर्ष वायुमण्डलको तापक्रम वढ्दै जाने र अधिक मात्रामा हिउँहरु पग्लदै जाने क्रम नरोकिने हो भने हिमताहरुको संख्या वढ्ने र जोखिममा रहेका हिमतालहरु फुट्ने सम्भावना छ ।’

हिमताल फुटेको अवस्थामा नेपालको ठूलो जन–धनको क्षति भोग्न बाध्य हुने खतराप्रति पनि उहाँले संकेत गर्नुभयो । ‘नेपालले सुख्खा पहिरो, पहिरो, बेमौसमी बाढी, पानीको मुहान सुक्ने, अतिवृष्टि, अनावृष् िआदि प्रकृति प्रकोपसँग जुझ्दै आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘यसको हानी र नोक्सानीको क्षतिपूर्ति सम्वन्धित देशहरुबाट प्रभावित देशहरुले सहजरुपमा पाउनुपर्छ ।’

उहाँले कृषि क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याइएका असरहरुका कारण हिमाली तथा पहाडी क्षेत्रमा बसाइसराइको क्रम वढ्दै गइरहेको पनि उहाँले उल्लेख गर्नुभयो । ‘त्यसले सामाजिक तथा आर्थिक रुपमा नकरात्मक असर पारेको छ,’ सांसद शाक्यले भन्नुभयो, ‘नेपालको संघीय, प्रदेश र स्थानी सरकारमा नविकरणी उर्जा प्रवद्र्धनका लागि नीति, रणनीति र कार्यक्रमहरु बनाई कार्यान्वयनको गैरहेको अवस्था छ ।’ शाक्यले केही वर्षयता नेपालको कोइला उत्पादनमा उतार–चढाव आएको पनि उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: ५ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?