Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा


रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले उक्त जिकिर गरेका छन् । उनले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गरेका छन् । सो पार्टीको परराष्ट्रनीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ । उनले रास्वपा कुनैपनि राष्ट्रको हितमा प्रयोग नहोस भनेर आफ्नो पार्टीले खबरदारी गर्न लागेको समेत बताएका छन् ।

महासचिव भट्टले भने,‘तपाईहरु वास्तवमा अमेरिकाद्वारा सञ्चालित हुनुहुन्छ । र परराष्ट्र नीतिको सवालमा तपाईहरु क्लियर हुनुहुन्न । चीन विरोधी शक्तिको रुपमा अमेरिकाले तपाईहरुलाई प्रयोग गर्ने हो । त्यो गर्न दिनुहुन्न भनेका छौँ । यदि त्यस्तो भएन भने त के भयो र ? हामीनै गलत ठहरिउँला । देश बँच्दछ नि । देश बचेर हामी गलत ठहरिँदा त के बिग्रयो र । तर हामीेले खबरदारी गरेनौ भनेत समस्या होला नि ।’

महासचिव भट्टले रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने समेत बताएका छन् । काँग्रेस र एमालेको जनाधार अहिले पनि बलियो भएकाले सो पार्टीले उनीहरुलाई कमजोर बनाउन पनि दाहालसँग सहकार्य गरेर अघि बढने उनको भनाई थियो ।


प्रकाशित मिति: १० चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?