Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा


हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले विषेश महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा निर्वाचनमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरु आफ्नो सरोकारको विषय नभएको पनि स्पष्ट पारेका छन् । उनले आफूले प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि तत्कालै राजीनामा दिने मनस्थितिमा भएपनि निर्वाचन प्रक्रियाको कारण लम्बिएको बताएका छन् । उनले आफू कुनैपनि दबाबमा आएर नभई जिम्मेवारी र जवाफदेहीताको आधारमा राजीनामा दिएको बताए ।

उनले भने, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर निर्वाचनमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरुले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन । मेरो राजीनामा सोच बनाइसकेपछि उपसभापतिलाई मेरो भावना सेयर गरेको थिएँ । म तत्कालै राजीनामा दिन चाहन्थँे । निर्वाचनका सबै प्रक्रिया पूरा गर्नुपर्ने थियो त्यसकारण लम्बियो । यो दबाबमा मेरो राजीनामा दिएको थिएन । यो जवाफदेहिताको विषय हो । मेरो नेतृत्वमा हामी निर्वाचनमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हो ।’

उनले काँग्रेसले निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भुमिकामा पुर्याएको भन्दै यो जिम्मेवारीलाई महत्वपूर्ण ढंगले पूरा गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १० चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?