Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती


हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती

काठमाडौँ। सीमाविद श्रेष्ठले नयाँ बन्न लागेको संसद भवन अगाडी ग्रेटर नेपालको नक्शा राख्न पनि सुझाव दिएका छन् ।

काठमाडौंको मेयर हुँदा बालेन्द्र साहले कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राखेको उल्लेख गर्दै उनले हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा राख्न पनि सकिने बताएका छन् । उनले भारतले पनि संसद भवनमा पुरानो नक्शा राखेकोले नेपालले पनि राख्न सक्ने उल्लेख गरेका छन्। सुगौली सन्धि नेपालका लागि असमान र दबाबमा भएको सम्झौता रहेको उल्लेख गर्दै उनले सुगौली सन्धिले नेपाललाई धेरै नोक्शान भएको बताएका छन्। सोही सन्धीको कारण नेपालले आफ्नो भूमी गुमाउन पुगेको उनको भनाई छ । अंग्रेजहरुले भारत छाड्ने बेलामा सुगौली सन्धी खारेज गर्न राखेको प्रश्तावलाई तत्कालिन नेपालका राणाहरुले नमानेको उनको दाबी छ । श्रेष्ठले निर्माणाधीन संसद भवन अगाडि ग्रेटर नेपालको नक्सा राख्न र त्यसलाई ऐतिहासिक रूपमा प्रश्तुत गर्न सुझाव दिएका छन् । उनले नरेन्द्र मोदी नेतृत्वमा बनेको भारतको संसद परिसरमा पनि नेपालको लुम्बिनी क्षेत्रलाई भारततर्फ देखाइएको बताएका छन् । उनले संसद भवन उद्घाटनका क्रममा ऐतिहासिक नेपालको नक्शा प्रदर्शन गर्दा राष्ट्रिय पहिचान र इतिहासबारे जनचेतना अभिवृद्धि हुने बताएका छन् ।

उनले भने, ‘उहाँले सक्नुहुन्छ भने ग्रेटर नेपालको नक्शा उहाँको कार्यकक्षमा रहन सक्छ । सुगौलीसन्धी भनेको नेपाललाई करकापमा पारेर गरिएको हो । त्यो नेपाललाई बेफाईदा नै बेफाईदा भएको सन्धी हो । हाम्रो संसद भवन बन्दैछ । त्यो संसद भवनको अगाडीको भागमा ग्रेटर नेपालको नक्शा राख्नुपर्छ । त्यसलाई मुराल बनाउनुपर्छ । भारतको पनि संसद भवन अगाडी प्रधानमन्त्री नरेन्द्र मोदीले गरे, त्यसमा हाम्रो लुम्बिनी क्षेत्रलाई भारततर्फ पारेर देखाइएको छ । लुम्बिनी नेपालको हो, गौतम बुद्ध नेपालमा जन्मिएका हुन् तर त्यसलाई भारतमा पारेर देखाइएको छ । अब हाम्रो नेपालको नयाँ सरकारले पनि संसद भवन उद्घाटन गर्दा विशाल नेपालको नक्शा राख्नुपर्छ । त्यसले हाम्रो रािष्ट्रयता उजागर हुन्छ, पहिला हाम्रो नेपालको सीमाना यस्तो थियो भन्ने जानकारी हुन्छ ।’

उनले भारतले अतिक्रमण गरेको भूमीहरु नेपालको भएकोमा विश्व जानकार रहेको भएपनि भारतसंगको ठूलो व्यापारको कारण मौन रहेको बताएका छन् । चीनले पनि भारतसँगको व्यापारको कारण सीमा विवादमा नेपाललाई सहयोग नगरेको उनको आरोप छ ।


प्रकाशित मिति: १० चैत्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?