२६ चैत ,काठमाडौँ । अनलाइनमा महँगो मूल्यका आइफोन मोबाइल सेटहरु सस्तो मूल्यमा बिक्रीमा छ भन्ने जस्ता आकर्षक विज्ञापन राखेर ठगी गरेको पाइएको छ । यसरी ठगी गर्ने ‘हाम्रो बजार डटकम’ नामक अनलाइनका सञ्चालक हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । उनले यसरी
२६ चैत ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम
२६ चैत ,कर्णाली । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन् । मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह सामुहिक राजीनामा
२६ चैत ,काठमाडौँ । जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्ध लागेको नाबालिग बलात्कार घटनामा नाबालिका (गौशाला २६) लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ । न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई वकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले
२६ चैत ,काठमाडौँ । संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो । तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न राजी भयो । त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए । खुशियाली मनाइरहेका जनसमुदायको
२६ चैत ,मोरङ । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भई फाइनलमा पुगेको छ । विराटनगरको शहीद रङ्गशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन क्लबले मधेस प्रदेशलाई १२–० गोलले पराजित गरेको छ । त्रिभुवन क्लबका रोमन रानाले
२६ चैत ,महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकार र चुरे तथा वनजङ्गल संरक्षण अभियानबीच पाँचबुँदे सहमति भएको छ । आज मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेश सरकार र चुरे वनजङ्गल संरक्षण अभियानबीच यस्तो सहमति भएको हो । सहमतिसँगै चुरे तथा वनजङ्गल संरक्षण अभियन्ताले जनकपुरधामस्थित जनकचोकमा गरिरहेको आमरण अनशनसमेत स्थगन भएको छ
२६ चैत्र, कर्णाली । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार एमालेका तीन जना मन्त्रीहरूले राजीनामा पत्र बुझाएसँगै सरकारबाट एमाले अलग्गिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजिनामा बुझाएका
२६ चैत्र, एजेन्सी । जापानका कम्तीमा ४० प्रतिशत शिशु विद्यालयमा भर्नादर घटेको पाइएको छ । हालैको योमिउरी शिम्बुन सर्वेक्षणले यस वर्षको अप्रिलको भर्नाको सङ्ख्या प्रायःसबै विद्यालयहरूमा कमी देखाएको छ । यसका पछाडि घट्दो जन्मदर नै प्रमुख कारण देखाइएको छ जसले गर्दा बाल हेरचाहको माग घटेको छ । सर्वेक्षण फेब्रअरी र मार्चमा
२६ चैत्र, नुवाकोट । भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु¥याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । भैरवी वर्ष बन्धन अन्तर्गतको मुख्य रौनक