Trending
>>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

विश्वबाट कोभिड–१९ जन्य स्वास्थ्य सङ्कटकालको अन्त्य भएको डब्ल्यूएचओको घोषणा


२३ वैशाख, काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को महामारी अब अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकालीन अवस्था (पीएचईआईसी) नरहेको बताएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले जेनेभाबाट भर्चुअल पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।

डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो । त्यसयता विश्वव्यापी स्वास्थ्य विशेषज्ञहरूको एक समितिले हरेक तीन महिनामा हुने बैठकहरूमा सावधानीको चेतावनी जारी गर्दै आएको छ ।

कोरोना भाइरस विश्वव्यापी रुपमा फैलिरहेको समय सन् २०२० को मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारीको रूपमा घोषणा गरेको थियो ।

कोभिड–१९ बाट विश्वभर कम्तीमा ७० लाख मानिसको मृत्यु भएको डब्ल्यूएचओको तथ्याङ्कमा उल्लेख छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?