Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सदरमुकाम ल्याइयो हिमपहिरोमा परेर ज्यान गुमाएकाको शव, २ जना अझै बेपत्ता


२३ वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाका–१ भोलेनको हिउँ पहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव शुक्रवार साँझ छ बजे सदरमुकाम ल्याइएको छ । दुई जना भने अझै बेपत्ता अवस्थामा छन् ।

हिम पहिरोमा परेर ज्यान गुमाएका दार्चुलाकै दुहँ गाउँपालिका–४, का १८ वर्षीय प्रवीण कुँवर, उनकी आमा ३६ वर्षीय कमला कुँवर र डोटीको जोरायल गाउँपालिका–२, बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव सडक मार्गबाट ल्याइएको हो ।

ती शव बुधवार नै फेला परेको भए पनि सडक मार्गबाट ल्याउँदा ढिलाइ भएको हो । त्यसैमा भारततर्फको गर्भाधार भन्ने सडकमा ठुलो पहिरो जाँदा पाँच घण्टा ढिलो भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए ।

मृतकका शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइने र उनीहरूका आफन्त सदरमुकाममा आइसकेको प्रनाउ पाण्डेले बताए । अझै दार्चुला दुहुँ गाउँपालिका–४, कि १५ वर्षीय छिमी साम्मो थापा र २८ वर्षीय ईश्वरी थापा बेपत्ता छन् । उनीहरूको खोजी कार्य जारी छ । फेला परेका शव घटनास्थलभन्दा अन्दाजी छ सय मिटर पर खोल्सामा भेटिएका हुन ।

मङ्गलवार अपराह्न व्यास गाउँपालिका–१, नाम्पापाटन नजिकको भोलेनमा भन्ने स्थानमा यार्चागुम्बा सङ्कलनका गएका १३ जना त्रिपाल टाँगेर बसेका बेला माथिबाट हिम पहिरो आउँदा उनीहरू बेपत्ता भएका हुन ।

पहिरोमा हराएको भनिएकामध्ये दुहुँ गाउँपालिका वडा नम्बर ४ पोक्से बस्ने ३६ वर्षीया कलावती कार्की, १८ वर्षीय अर्जुन कार्की, डोटी जोरायल गाउँपालिका–२, बुडरका ३६ वर्षीय फुर्पा थापा, डोटीकै २६ वर्षीय छप्तेन थापा , २६ वर्षीय पासाङ छुम्तेल विष्ट, ३१ वर्षीय थुतेङ थापा, हुम्ला जिल्ला लाखा गाउँपालिका– ५,का २० वर्षीय लाक्या ग्याल्बु तामाङ र दार्चुला नौगाड गाउँपालिका–२, दल्लेखका ५० वर्षीय ललितसिंह विष्ट भने मङ्गलवार साँझ नै सम्पर्कमा आएका थिए ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?