Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

कार्यविनायकमा गरियो ‘ह्यासट्याग माया’ को मुहूर्त


२३ वैशाख, ललितपुर । ललितपुरस्थित बुङ्गमतीको कार्यविनायक मन्दिरमा शुक्रबार पूजा गर्दै चलचित्र ‘ह्यासट्याग माया’ (३ माया) को मुहूर्त गरिएको छ ।

राजीव गुरुङको निर्देशनमा बन्ने चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिकेलगायतको अभिनय रहने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए ।

“हामीले मुहूर्त गरेका हौँ । आगामी सातादेखि काठमाडौँबाट छायाङ्कन सुरु गरेर पोखरा, बर्दिया हुँदै धरानमा सक्ने योजना छ । थ्रीलर विधामा यसको प्रस्तुति रहनेछ”, कार्यकारी निर्माता पौडेलले भने । रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने चलचित्रमार्फत नै गुरुङले निर्देशकको यात्रा प्रारम्भ गर्दै छन् ।

“मैले यो कथामा काम गरेको धेरै समय भइसक्यो । निर्देशनको अध्ययनपश्चात् यही चलचित्रमार्फत दर्शकसम्म पुग्नुपर्छ भन्ने लागेको छ”, निर्देशक गुरुङले भने । शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रित रहनेछ । अभिनेत्री श्रेष्ठ यसमा शीर्ष भूमिकामा हुनुहुन्छ । उनले एरियल योगा इन्स्ट्रक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएका थिए ।

“निर्माण समूहको मेहनत र लगाव देखेर नै मैले चरित्र निर्माणमा समय खर्चिएकी हुँ, चलचित्रलाई लिएर उत्साहित छु । केही नयाँ गर्ने प्रयास गर्दैछौँ”, अभिनेत्री श्रेष्ठले भने । चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायाङ्कन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृङ्गार रहनेछ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?