Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

९ महिनामै साढे ४ अर्बको तरकारी र फलफूल आयात


२३ वैशाख, झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ ।

चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ । सोही अवधिमा रु एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?