Trending
>>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु >>   एमाले वरिष्ठ नेता भण्डारी स्वदेश फिर्ता >>   ब्राजिलको राष्ट्रपतिमा लुलाको जित, फ्लाभियो बोल्सोनारोले नतिजा अस्वीकार गरे >>   संघीय संसदमा ३६ विधेयक विचाराधीन, सात नयाँ विधेयक दर्ता >>   आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन >>   सरकारी कर्मचारीलाई ६० लाखसम्म ऋण, ब्याज सरकारले तिरिदिने तयारी >>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

एमालेको प्राथमिकता मुलुकको समृद्धि र विकास हो, राजनीति होइन : महासचिव पोखरेल


२३ वैशाख, काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको प्राथमिकता सत्ता नभई मुलुकको समृद्धि भएको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत उपत्यका विशेष प्रदेश कमिटीको समीक्षा बैठकको समापन कार्यक्रममा उनले अभियानका क्रममा कतिपय कार्यकर्ताबाट सत्ता गठबन्धनमा हेरफेर ल्याउन सुझाव आए पनि पार्टीका ध्यान त्यतातिर भई पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनतिर भएको स्पष्ट गरे । “कुनै पनि पार्टीको बहुमत नपुग्ने वर्तमान ‘हङ’ संसद्बाट जनतालाई साँचो अर्थमा सेवा दिन सकिँदैन ।

“वर्तमान सत्ता गठबन्धन आफ्नै कारणले असफल भएमा संसदीय भूमिकाअनुसार अर्को सरकार दिनुपर्ने अवस्थामा बाहेक एमालेको प्राथमिकता होइन, मुलुकको समृद्धि र विकास हो”, उनले भने । उनले नेकपा कालमा ध्वस्त भएको पार्टीको साङ्गठनिक र वैचारिक लय र विरासतलाई एक हदसम्म उक्त अभियानले फर्काउन सफल भएको जनाए ।

पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमालेमा आन्तरिक द्वन्द्व, पदलोलुपता, अराजकता र अनुशासनहीनताका कारण पछिल्ला निर्वाचनमा कतिपय स्थानमा पार्टीका कुल पार्टी सदस्य सङ्ख्याभन्दा कम मत खसेका जस्ता घटनाका कारण नेता र कार्यकर्तालाई जनताको भुइँ तहमा सक्रिय तुल्याउन अभियान सञ्चालन गरिएको बताए । उनले पार्टीमा ९० प्रतिशत नेता कार्यकर्ता पेटी बुर्जुवा हुन पुगेकामा चिन्ता व्यक्त गर्दै माक्र्सवादको मार्गदर्शनअनुसार श्रमजीवी वर्गलाई मूल आधार बनाउनुपर्नेमा जोड दिए ।

विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले मातहतका चार विशेष जिल्ला कमिटीको समीक्षाका आधारमा प्रतिवेदन तयार गरी पार्टीको आउँदो केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने जानकारी दिए । एमालेको केन्द्रीय कमिटीको बैठक यही वैशाख २९ गते झापामा बस्दैछ ।


प्रकाशित मिति: २३ बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?