३ वैशाख ,काठमाडौँ । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो
३ वैशाख ,म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पूरा पुस्तक बिना नै परीक्षामा सहभागी भएका थिए । यसपालि भने नयाँ शैक्षिक सत्रको सुरुआतमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको प्रअ मीनबहादुर खत्रीले बताए । “गत शैक्षिक सत्रमा कक्षा ६ का विद्यार्थीले अङ्ग्रेजी
३ वैशाख ,काठमाडौँ । गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ । तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृहमन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन् । सरकारी वार्ता टोलीका संयोजक कोइरालाले उनीहरू आए जुनसुकै बेलामा
३ वैशाख ,काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी,
३ वैशाख ,काठमाडौँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृत दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर
३ वैशाख ,काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आगामी शैक्षिक सत्रमा चन्द्रागिरिभित्रका संस्थागत विद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी निवेदन आह्वान गरेको छ । चन्द्रागिरि नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना प्रकाशित गरी चन्द्रागिरि नगरपालिका नगरस्तरीय छात्रावृत्ति व्यवस्थापन समितिको चैत २० गतेको निर्णयानुसार संस्थागत विद्यालयमा शैक्षिक सत्र २०८० मा अध्ययन गर्ने
३ वैशाख ,लिस्बन । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा शनिबारदेखि नेपाली पाठशाला सञ्चालन गरिएको हो । नयाँ वर्ष २०८० को अवसर पारेर भर्चुअल माध्यम जुममार्फत पाठशालाको एक
३ वैशाख ,काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको आन्तरिक राजस्व असुली गत आवको सोही अवधिको तुलनामा रु साढे पाँच अर्बले न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार चालु आवको चैत मसान्तसम्ममा आन्तरिक राजस्व सङ्कलन रु तीन खर्ब ३७ अर्ब १० करोड २० लाख बराबर छ ।
३ वैशाख ,मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन् । विराटनगर महानगरपालिकाद्वारा आज यहाँ आयोजित ‘पूर्ण खोप सुनश्चितता घोषणसभा’को उद्घाटन कार्यक्रममा उनले खोपलाई निरन्तरता दिन सम्बन्धित पक्ष, स्वास्थ्य स्वयम्सेविका र जनप्रतिनिधिहरूलाई विशेष चनाखो हुन आग्रह गरे । मुख्यमन्त्री कार्कीले व्यवस्थित बसोबास
३ वैशाख ,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध रु ६९ करोड माग दाबी गर्दै