Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

ध्यान बीचमै छाडेर भारत फर्किए आमिर खान


२९ वैशाख, काठमाडाैँ । बलिउड स्टार आमिर खान भारत फर्किएका छन् । विपश्यना (ध्यान) बीचमै छाडेर उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।

गत आइतबार १० दिन विपश्यना बस्ने भन्दै आमिर खान नेपाल आएका थिए । उनको ध्यान शिविर १८ मे मा सकिने तालिका थियो । यद्यपी, उनले किन बिचमै ध्यान छाडेर स्वदेश फर्किए भन्ने खुलाइएको छैन ।

भारतमा चर्चित अभिनेतामध्ये आमिर खान पनि एक पर्छन् । समाजमा राम्रो सन्देश प्रवाह गर्ने खालमा फिल्ममा अभिनय गर्ने भएका कारण उनको छुट्टै पहिचान छ ।

३ इडियट्स, रंग दे बसन्ती, पिके, तारे जमिन् पर लगायत उनका दर्जनाैँ चर्चित फिल्म रहेका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?