Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

चुनाव नजिकिँदै गर्दा कुनै विद्रोह नगर्ने थाइल्यान्डका सेना प्रमुखको वाचा


२९ वैशाख, एजेन्सी । थाइल्यान्डका सेना प्रमुखले सैन्य-समर्थित सरकार कमजोर साबित हुन सक्ने आँकलन सहितको राजनीतिक दलहरूलको चुनावी र्या्लीहरूको अगाडि बढ्दै गर्दा त्यहाँ कुनै राजनीतिक कू को सम्भावना नभएको प्रष्ट पारेका छन् ।

सेनाले थाइल्यान्डमा दर्जनौं पटक सत्ता कब्जा गरे पनि जनरल नारोङपान जितकाउथले सन् २०१४ मा त्यस्तो नदोहोरिने वाचा गरेका थिए ।
मतदाताहरूले पूर्व सेना प्रमुख र विद्रोही नेता प्रधानमन्त्री प्रयुत चान-ओ-चाको सरकारको पराजय हुन सक्ने भविष्यवाणी गरिरहँदा सेना सत्तामा टाँसिने प्रयास गर्न सक्छ भन्ने डर भने आम जनतामा रहेको छ ।

तर नारोङपानले बिहीबार पत्रकार सम्मेलनमा विगतका विद्रोहहरू “धेरै नकारात्मक” भएको भन्दै सैन्य शासनमा फर्किने अवस्था नरहेको बताएका छन् । “त्यहाँ अब (कू) हुनु हुँदैन। मेरो लागि, यो शब्द शब्दकोशबाट मेटाइनुपर्छ,” उनले भनेका छन् ।

आइतबारको चुनाव पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी ३६ वर्षीया छोरीले नेतृत्व गरेको फेउ थाईको नेतृत्वमा रहेको विपक्षी र प्रयुतले मूर्त रूप लिएको पुरानो रूढिवादी शाहीवादी-सैन्य शक्तिबीचको भीडन्तको रूपमा हेरिएको छ । फेउ थाई चुनावमा अगाडि देखिएको छ र तल्लो सदनमा धेरै सिट जित्दा पनि सत्ता हात पार्ने कुनै निश्चितता भने छैन। प्रधानमन्त्रीलाई ५०० निर्वाचित सांसद र २५० सिनेटले छनोट गर्नेछन् – जसका सदस्यहरू सेनाको पक्षमा रहेका र प्रयुतको जन्टाले नियुक्त गरेका थिए।

फेउ थाईको मुख्य विपक्षी प्रतिद्वन्द्वी मुभ फर्वार्ड पार्टीले भने पुरानो राजनीतिक प्रणालीप्रति गहिरो असन्तुष्टि व्यक्त गर्ने युवा समूहको को व्यापक समर्थन पाएको छ ।

यता ६९ वर्षीय प्रयुतले देशको यो जटिल कालखण्डमा राज्य सञ्चालनका निम्ति अनुभव भएका व्यक्तिको रूपमा आफूलाई प्रस्तुत गरेका छन् ।


प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?