११ वैशाख, चितवन । चितवन २ मा मतगणना सुरू भएको छ । इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको जानकारी दिइएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेबाट मतगणना गर्ने निर्णय गरेको भएता पनि करिब १ घण्टा ढिलो गरी मतगणना सुरू भएको हो । सर्वदलीय बैठकमा नेपाली कांग्रेसले
११ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा पनि ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उपनिर्वाचनमा पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता सभापति देउवाले
११ वैशाख, बारा । बारा १ को प्रारम्भिक मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन् । प्रारम्भिक चरणमा ६७० मत गन्दा यावदले २२४ मत ल्याएका छन् । त्यस्तै, जनमतका उम्मेदवार शिवचन्द्र प्रसाद कुसवाहा १७० मत ल्याउँदा एमालेका पुरुषोत्तम पौडेलले १६६ मत सहित तेश्रोमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले
११ वैशाख, एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ । सङ्गठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्त राष्ट्रसङ्घको पत्रकार सम्मेलनमा सुडान सरकारको तथ्याङ्कअनुसार द्वन्द्वमा ४१३ जनाको मृत्यु भएको
११ वैशाख, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउँदा सङ्क्रमण नहुने भएकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएका व्यक्तिको तुलनामा खोप नलगाएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएमा सिकिस्त
११ वैशाख, गोरखा । अदालत परिसरभित्रै होहल्ला गरी अशान्ति मच्चाउने तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्ला अदालतकोे मेलमिलाप केन्द्रमा सम्बन्धविच्छेदको मुद्दालाई लिएर भइरहेको छलफलमा अशान्ति मच्चाउने तथा हुलहुज्जत गरेको आरोपमा प्रहरीले उनीहरुलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
११ वैशाख, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा बिश्वासको मत मागेका मुख्यमन्त्री गिरीले आफ्नो पक्षमा ३३ मत मात्रै पाए हुन् । लुम्बिनी प्रदेशमा ८७ जना सदस्य छन् । बहुमत पाउनका लागि ४४ सांसदको आवश्यकता पर्नेमा गिरीको पक्षमा ३३ मत मात्रै
११ वैशाख, बारा । उपनिर्वाचन भएको बाराको क्षेत्र नम्बर १ मा मतगणना सुरू भएको छ । सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरू गर्ने निर्णय गरेता पनि करीब डेढ घण्टा ढिलो मतगणना सुरू भएको हो । बारामा जनमत पार्टीबाट शिवचन्द्र कुशवाह, जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार
११ वैशाख, एजेन्सी । कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ । विश्वभरका होटल उद्योगको बजार तथ्याङ्क उपलब्ध गराउने अनुसन्धान फर्म एसटीआरले गरेको सर्वेक्षणअनुसार जनवरी–मार्चको त्रैमासिक अवधिमा जापानका होटलको एक कोठाको २४
११ वैशाख, काठमाडाैँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ । मन्त्रिपरिषद्को आदेश विपरीत विभागले प्रकाशित गरेको भित्तेपात्रोमा अक्षय तृतीया पर्वमा त्रुटी भेटिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अक्षय तृतीया वैशाख १० गतेका लागि तोके पनि उक्त भित्तेपात्रेमा वैशाख ९ गते