Trending
>>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल >>   समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यकः मन्त्री गौतम >>   महाधिवेशनमा सबैलाई समेट्न काँग्रेसले अन्तिम समयसम्म पहल गर्ने >>   अघिल्लो सरकार र बालेन सरकारमा केही फरक देखिएनः सांसद भाट >>   सरकारको विकल्प नआए सोमवारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ– एन्फा >>   लोककल्याणकारी विज्ञापनमा कटौती गर्ने गर्ने सरकारको निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति >>   देवानगञ्ज र गोलबजार घटनाबारे छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न एमाले सांसद मण्डलको माग >>   काँग्रेस महाधिवेशनमा एकता जुटाउन ‘जस्तोसुकै लचकता’ अपनाउन तयार छुः गगन थापा
Logo
२ आश्विन २०८३, शुक्रबार
२ आश्विन २०८३, शुक्रबार

कानुन न्याय तथा मानवअधिकार समितिले पारित गर्यो आन्तरिक कार्यविधि


४ जेठ, काठमाडाैँ । कानुन, न्याय तथा मानवअधिकार समितिले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समिति बैठकले उक्त आन्तरिक कार्यविधि पारित गरेको हो ।

समितिमा आन्तरिक कार्यविधिका विषयमा सांसदहरूसँगको छलफल पश्चात् समिति बैठकले आन्तरिक कार्यविधि सर्वसम्मत पारित गरेको हो ।

समितिका ज्येष्ठ सदस्य सभापति मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकमा सभापति गुप्ताले उक्त कार्यविधि सर्वसहमतले पारित भएको घोषणा गरे । उनले बिहीबारको बैठकमा प्रस्तुत भएको समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित भएको बताए ।

समितिले पारित गरेको आन्तरिक कार्यविधिमा समितिको बैठकमा बिना सूचना निरन्तर पाँच वटा बैठकमा सांसदहरू अनुपस्थित रहे समिति सदस्यबाट निष्कासनमा पर्नसक्ने व्यवस्था गरेको छ ।

कार्यविधिमा पाँच वटा बैठकसम्म निरन्तर उपस्थित हुन नसक्ने भए समिति सभापतिलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था छ । आजको बैठकमा समितिका ज्येष्ठ सदस्य शेरबहादुर देउवा उपस्थित नभएपछि देउवा पछिका ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा समितिको बैठक बसेको थियो ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?