Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

गोठाटारमा खुल्यो नेपालकै पहिलो इजरायली शैलीको ‘शालम नट्स वेरी’ मार्ट


४ जेठ, काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटारमा इजरायली शैलीको शालम नट्स वेरी मार्ट सञ्चालन आएको छ । नेपालका लागि इजरायली राजदुत हनान गोडरले मार्ट उद्घाटन गरेसँगै सेवा सुचारू भएको हो ।

मार्ट उद्घाटन गर्दै राजदूत गोडरले नेपाल र इजरायलको लामो कुटनैतिक सम्बन्ध र जनस्तरमा कायम भएको भातृत्व सम्बन्धलाई निरन्तरता दिनु पर्ने बताए । उनले शालम नट्स वेरीले नामसँगै आफ्नो व्यवसायिक छवि र गुणस्तर कायम राख्दै नेपाली जनतालाई सेवामा छरितो र सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मार्ट इजरायलमा लामो समय बिताएका काभ्रेपलाञ्चोकका बद्रि प्रसाद खकुरेलले सञ्चालनमा ल्याएका हुन् । उनले गोठाटार क्षेत्रका जनतालाई गुणस्तरयुक्त सामान सहितको सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए । इजरायली शैलीको मार्ट नेपालमा पहिलोपटक सञ्चालनमा आएको दाबी गरिएको छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?