Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

गोठाटारमा खुल्यो नेपालकै पहिलो इजरायली शैलीको ‘शालम नट्स वेरी’ मार्ट


४ जेठ, काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ गोठाटारमा इजरायली शैलीको शालम नट्स वेरी मार्ट सञ्चालन आएको छ । नेपालका लागि इजरायली राजदुत हनान गोडरले मार्ट उद्घाटन गरेसँगै सेवा सुचारू भएको हो ।

मार्ट उद्घाटन गर्दै राजदूत गोडरले नेपाल र इजरायलको लामो कुटनैतिक सम्बन्ध र जनस्तरमा कायम भएको भातृत्व सम्बन्धलाई निरन्तरता दिनु पर्ने बताए । उनले शालम नट्स वेरीले नामसँगै आफ्नो व्यवसायिक छवि र गुणस्तर कायम राख्दै नेपाली जनतालाई सेवामा छरितो र सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

मार्ट इजरायलमा लामो समय बिताएका काभ्रेपलाञ्चोकका बद्रि प्रसाद खकुरेलले सञ्चालनमा ल्याएका हुन् । उनले गोठाटार क्षेत्रका जनतालाई गुणस्तरयुक्त सामान सहितको सेवा उपलब्ध गराउने उद्देश्य रहेको बताए । इजरायली शैलीको मार्ट नेपालमा पहिलोपटक सञ्चालनमा आएको दाबी गरिएको छ ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?