Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२९ माघ २०८२, बिहीबार
२९ माघ २०८२, बिहीबार

श्रीमतीको हत्या गरी शव सेफ्टी ट्याङ्कीमा फालेर भागेका अभियुक्त पक्राउ


४ जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–६ फगाम घर भएका ३९ वर्षीय गर्भे विक रहेका छन् ।

निजले आफ्नी श्रीमती २६ वर्षीया केशु विकलाई गत फागुन २० गते हत्या गरी कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित प्रयोगमा नआएको गाडीको रिफ्रेस सेन्टर भवनको सेफ्टी ट्याङ्कीमा फ्याँकी गर्भे फरार रहेका थिए ।

श्रीमतीको हत्या गरी फरार रहेका विकलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका–१०, सतुङ्गलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि आज वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तु पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?