Trending
>>   पुँजी बजार सुदृढीकरण कार्ययोजनालाई सार्थक बनाउँदै सरकार, पुँजीगत लाभकर घटाउने निर्णय >>   भोटेकोशी विपद्लाई ‘हिम नदी डिजास्टर’का रूपमा बुझ्नुपर्छः इन्दिरा राना >>   ‘क्याली’को सदस्यता प्राप्त गर्ने प्रश्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले अनुमोदन >>   लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्शा संवैधानिक र सार्वभौम दस्तावेज हो, बोझ मान्न सकिँदैनः परराष्ट्रमन्त्री… >>   हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण >>   पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न राप्रपाको माग >>   दैवीप्रकोप उद्धार कोषको नाम परिवर्तन गरी प्रधानमन्त्री विपद् राहत कोष कायम गर्न प्रश्ताव >>   आईतवारको बिदा कटौती गर्न सांसद भाटको माग >>   मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते >>   पुँजी बजार पुनरुत्थानमा अर्थ मन्त्रालयको नयाँ कार्ययोजना, लगानीकर्तामा बढ्यो आशा
Logo
३१ भाद्र २०८३, बुधबार
३१ भाद्र २०८३, बुधबार

एमालेका उपमहासचिव ज्ञवाली भन्छन् – शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन सकिन्न


४ जेठ, कास्की । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचार र मानव बेचविखनको कोही पनि दोषी उम्कन नहुने बताएका छन् । उनले कुनै व्यक्ति मन परेन भनेर जवरजस्ती तान्न खोज्ने या मेरो मान्छे परो भनेर संरक्षण गर्न खोज्ने कुनै पनि गतिविधिहरु स्वकार्य नहुने बताए ।

प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपहासचिव ज्ञवालीले आफ्ना नागरिकलाई अनागरिक बनाउनु जगन्य अपराध भएको बताएका हुन् ।

‘‘यो देशप्रतिको घात हो । यसमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन सकिन्न । प्रहरीले गरेको अनुसन्धान निष्कर्षमा पुग्नको लागि सबै पक्षले आवश्यक सहयोग गर्न जरुरी छ ।’’ उनले भने ।

उनले नेपालमा अहिले भ्रष्टाचार डरलाग्दो रोगको रुपमा अगाडि आएको बताए ।

‘‘यसले हाम्रो सिस्टमलाई कोल्याप्स गर्छ कि, विश्वास टुटाउँछ कि भन्ने स्थिति देखा परेको छ । यस्ता कुराले जनताप्रति असन्तुष्टी, आक्रोश देखा परेको छ । यसले समाज अराजकतिर जान सक्ने जोखिम देखिएको छ ।’’ उनले भने ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?