Trending
>>   मुस्ताङको होटेलबाट जेन–जी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ >>   प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन >>   कमजोर हुँदै चक्रवातको प्रभाव , भोलिदेखि सुधारको संकेत >>   पत्रकार पक्राउको शैलीले शाहीकालीन निरंकुशताको झल्को दियो : कांग्रेस >>   प्रेस स्वतन्त्रतामाथिको दमन लोकतन्त्रमाथिकै प्रहार : कुलमान घिसिङ >>   डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ >>   पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कदमप्रति प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग >>   पत्रकार पक्राउप्रति महासंघको आपत्ति, धरपकड नरोकिए सशक्त आन्दोलनको चेतावनी >>   सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं >>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप
Logo
१५ कार्तिक २०८३, आईतवार
१५ कार्तिक २०८३, आईतवार

एमालेका उपमहासचिव ज्ञवाली भन्छन् – शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन सकिन्न


४ जेठ, कास्की । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भ्रष्टाचार र मानव बेचविखनको कोही पनि दोषी उम्कन नहुने बताएका छन् । उनले कुनै व्यक्ति मन परेन भनेर जवरजस्ती तान्न खोज्ने या मेरो मान्छे परो भनेर संरक्षण गर्न खोज्ने कुनै पनि गतिविधिहरु स्वकार्य नहुने बताए ।

प्रेस चौतारी कास्कीले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपहासचिव ज्ञवालीले आफ्ना नागरिकलाई अनागरिक बनाउनु जगन्य अपराध भएको बताएका हुन् ।

‘‘यो देशप्रतिको घात हो । यसमा संलग्न कसैलाई पनि उन्मुक्ति दिन सकिन्न । प्रहरीले गरेको अनुसन्धान निष्कर्षमा पुग्नको लागि सबै पक्षले आवश्यक सहयोग गर्न जरुरी छ ।’’ उनले भने ।

उनले नेपालमा अहिले भ्रष्टाचार डरलाग्दो रोगको रुपमा अगाडि आएको बताए ।

‘‘यसले हाम्रो सिस्टमलाई कोल्याप्स गर्छ कि, विश्वास टुटाउँछ कि भन्ने स्थिति देखा परेको छ । यस्ता कुराले जनताप्रति असन्तुष्टी, आक्रोश देखा परेको छ । यसले समाज अराजकतिर जान सक्ने जोखिम देखिएको छ ।’’ उनले भने ।


प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?