Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२२ माघ २०८२, बिहीबार
२२ माघ २०८२, बिहीबार

समाचार


प्रधानमन्त्री प्रचण्डले भने – मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ

२२ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन् । काठमाडौँ विश्वविद्यालय सभाको ९५औँ बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘हामी सबैले मेहनत गरेर उत्पादन वृद्धि र रोजगारीको वातावरण बनाउने

प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह

२२ जेठ, काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताएकी छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।

दयाहाङ राई भन्छन् – भेडा चराउनु सहज काम होइन

२२ जेठ, काठमाडाैँ । चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन् । अर्थात् चलचित्रमा उनि निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन् । कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो । “चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह

२२ जेठ, काठमाडाैँ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरू भएको हो । सो दिवस मनाउन

महिलासँग उपाध्यक्ष कार्यक्रम : पाठेघरको समस्या बुझ्न गाउँमा पुगे चिकित्सक

२२ जेठ, रूकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पालिकामा प्रजनन समस्या तथा पाठेघरको समस्या भएका महिलाका लागि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने भएको छ । आज वडा नम्बर ६ खेतबाट सुरु भएको शिविर विभिन्न ठाउँमा सञ्चालन हुनेछ । पालिकामा पाठेघरको समस्या भएका महिला धेरै रहेको र अस्पतालसम्म सेवा लिन आउनै डराउने

विकासलाई वातावरणमैत्री बनाउनुपर्छ : राष्ट्रपति पौडेल

२२ जेठ, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सन्देशमा भनेका छन्, “आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त

लुम्बिनी क्षेत्रको विकासमा स्थानीय तहसँग सहकार्यका लागि छलफल

२२ जेठ, लुम्बिनी । लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्रको विकासको सहकार्यका लागि लुम्बिनी क्षेत्रका स्थानीय तहसँग छलफल अगाडि बढाएको छ । कोषले स्थानीय पालिकासँग बौद्धस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सहकार्यका लागि छलफल गरेको हो । विकास कोषले आगामी आव २०८०÷८१ को नीति कार्यक्रममा स्थानीय तहसँग सहकार्यका विषयमा छलफल गर्ने कोषले जनाएको

आज अफ्रिका जाँदै सन्दीप लामिछाने

२२ जेठ, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा मुद्धा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन । काठमाडाैं जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई

वातावरण संरक्षणमा सचेतना वृद्धि आवस्यक छ : मन्त्री शर्मा

२२ जेठ, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वातावरण संरक्षणका लागि व्यापक सचेतना र जागरणमूलक अभियान सञ्चालनमा जोड दिएकि छन् । विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वातावरण संरक्षणमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्नेमा पनि जोड दिएकी हुन् । ‘विश्वब्यापीरुपमा बढ्दै गएको

मणिपुर हिंसाको छानबिन गर्न तीन सदस्यीय आयोग गठन

२२ जेठ, एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गत महिना भएको जातीय हिंसाको छानबिन गर्न भारतको सङ्घीय सरकारले आइतबार तीन सदस्यीय समिति गठन गरेको छ । आयोगको अध्यक्षता गौहाटी उच्च अदालतका पूर्व मुख्य न्यायाधीश अजय लाम्बाले गर्नेछन्, भने समितिमा भारतीय प्रशासनिक सेवाका अवकाशप्राप्त अधिकारी हिमांशु शेखर दास र भारतीय प्रहरी सेवाका

सम्वन्धित समाचारहरु