Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सुझाव कार्यान्वयन होस् : अध्यक्ष रेग्मी


१२ असार ,काठमाडौँ । लोकसेवा आयोगले सङ्घीय निजामती ऐन सदनबाट यथाशीघ्र पारित गर्ने व्यवस्थाका लागि समन्वय र सहजीकरण गरिदिन संसदीय समितिसँग आग्रह गरेको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा आयोगका अध्यक्षसहितका पदाधिकारीले समावेशी प्रतिनिधित्वसम्बन्धी नीतिमा सुधार र पुनरावलोकन हुन आवश्यक रहेकाले आवश्यक समन्वय र सहजीकरणका निम्ति आग्रह गफ्रेका हुन् ।

निजामती ऐनका सन्दर्भमा थारु कल्याणकारिणी सभाद्वारा उठाइएको प्रश्नमा अदालतले नौ महिनाभित्र कानून बनाउन आदेश गरेको हुँदा निर्धारित समयभित्र कानून तर्जुमा नभएमा पर्नेसक्ने अप्ठेरोबारे पनि आयोगका तर्फबाट समितिलाई जानकारी गराइयो ।

निजामती सेवामा समावेशी प्रतिनिधित्वको विषयमा १० वर्षमा पुनरावलोकन गर्ने प्रावधान भए पनि हालसम्म सो हुन नसकेको बारे पनि आयोग पदाधिकारीले समितिलाई बताए ।

सो अवसरमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले निजामती सेवामा सुधारका विषयमा सरकारलाई दिएको सुझावमा नीतिगत एवं कार्यविधिगत सुधार हुनसकेमा सार्वजनिक प्रशासनलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?