Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

१५ सय हेक्टर वन अतिक्रमण


१३ असार ,बनियानी । झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताईन् ।

यस्तै सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा एक सय ११, दमकमा ११ दशमलव पाँच, पृथ्वीनगरमा दुई र राजगढमा २६ दशमलव पाँच हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ ।

झापाका दुई स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिवन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।


प्रकाशित मिति: १३ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?