Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो


१२ असार ,काठमाडौँ । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।

भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो । नेपालको जीतमा आशिष चौधरीले गोल गरे । उनले खेलको ८०औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।

आशिषले पेनाल्टी क्षेत्र बाहिरबाट लाकेन लिम्बुको पासमा उत्कृष्ट गोल गरेका हुन् । समूह ‘ए’ मा रहेको नेपालको यो पहिलो जीत हो । नेपालले तीन खेलमा ३ अङ्क जोड्दै प्रतियोगिता टुङ्ग्याएको छ ।

यस जीतसँगै नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । त्यस्तै पराजित पाकिस्तानले अङ्कविहीन रहँदै प्रतियोगिताको अन्त्य गरेको छ । पाकिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो । यस समूहबाट आयोजक भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् ।


प्रकाशित मिति: १२ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?