Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

समाचार


औषधि व्यवसायी सङ्घको अध्यक्षमा खण्डेवाल निर्वाचित

२४ भदौ, काठमाडाैँ । नेपाल औषधि व्यवसायी सङ्घको अध्यक्षमा प्रकाशकुमार खण्डेवाल निर्वाचित भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि वीरगञ्जमा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा खण्डेवाल निर्वाचित भएका हुन् । निर्वाचनको मतपरिणामअनुसार खण्डेवालले एक सय चार मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोकहरि श्रेष्ठले ८७ मत प्राप्त

औद्योगिक वातावरण बनाउनु सरकारको लक्ष्य : मन्त्री रिजाल

२४ भदाै, वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार उद्योगी व्यवसायीको समस्यालाई समाधान गरी मुलुकमा औद्योगिक वातावरण बनाउन लागिपरेको बताएका छन् । मन्त्रालयद्वारा आज वीरगञ्जमा आयोजित सरकारको वाणिज्य नीतिसम्बन्धी मधेस प्रदेशस्तरीय अन्तरक्रिया तथा छलफलमा उहाँले उद्योगी व्यवसायीले उठाउँदै आएको लेवलिङ, कर तथा आयात र निर्यात लगायतका समस्याप्रति सरकार गम्भीर

बागमती प्रदेशसभाको बैठकमा तीन वटा विधेयकमाथि छलफल

२४ भदाै, हेटाैँडा । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकमा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरिन् । यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन सुझाव

२४ भदौ, हेटाैँडा । आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ । सोह्रौँ योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयबारे परिसङ्घले गरेको अध्ययनसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगलाई पेस गर्दै यस्तो सुझाव दिएको हो । परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका

ललिता निवास प्रकरण : कोसँग कति मागियो धराैटी ?

२४ भदौ, काठमाडाैँ । जिल्ला अदालत काठमाडौँले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग रु दुई करोड ४६ लाख धरौटीमा छाड्ने आदेश गरेको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले आज उक्त धरौटी लिएर थुनामुुक्त गर्न आदेश गरेको हो । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको

कोशीमा २ अध्यादेश जारी

२४ भदाै, विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले आज दुईवटा अध्यादेश जारी गरेका छन् । नेपालको संविधानको धारा, २०२ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो । जारी भएको अध्यादेश कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० रहेको प्रदेश प्रमुखको कार्यालयका

कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो बुधरबारदेखि

२४ भदौ, काठमाडाैँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ । प्रतियोगितामा सात सय ११ महिला र एक हजार

सुडानको राजधानीमा भएको हवाई हमलामा ३० जना मारिए

२४ भदाै, एजेन्सी । सुडानको राजधानी खार्तुमको दक्षिणमा इलाकामा आइतबार भएको हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन् । सैन्य विमानले कुरो बजार क्षेत्रमा बमबारी गरेको प्रजातन्त्र समर्थक स्थानीय समितिले जनाएको छ । गत अप्रिल १५मा अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्ससँग युद्ध सुरु

बिपीको विचारलाई अङ्गीकार गरौँ : डा शेखर कोइराला

२४ भदाै, काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले

भोजभतेरमा छुट्टाछुट्टै भान्छा गरे कारबाही गरिने

२४ भदौ, बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले सामाजिक भेद्भाव तथा छुवाछुतलाई शून्य बनाउने उद्देश्यले सामाजिक रुपमा हुने भोजभतेर एउटै हुनुपर्ने नीति बनाएको छ । गाउँपालिका जनप्रतिनिधि तथा सरकारी निकायका कर्मचारीले दुई वटा भान्छा हुने भोजभतेरमा सहभागी नहुने र नागरिकलाई पनि सामाजिक रुपमा हुने त्यस्ता भोजभतेरलाई बहिष्कार गर्न गाउँपालिकाले आग्रह गरेको

सम्वन्धित समाचारहरु