Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
६ पुष २०८२, आईतवार
६ पुष २०८२, आईतवार

निर्माणको एक दशकपछि बसपार्क सञ्चालनमा


झापा । नेपालको पूर्वीनाका काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ । काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–७ को प्याराभिट्टामा बसपार्क निर्माण गरिएको थियो । दसैँंको अवसर पारेर आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले एक कार्यक्रमबीच बसपार्क सञ्चालनको विधिवत् रुपमा सुरुवात भएको घोषणा गरे । काँकरभिट्टाबाट लामो र छोटो दूरीका दैनिक पाँच सय बस सञ्चालन हुँदै आएका र बजारको बीचमै रहेको दुईदशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेकाले खुल्ला र फराकिलो स्थानमा बनेको बसपार्कबाट सेवा थालिएको नगरप्रमुख बुढाथोकीको भनाइ रहेको छ । मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख र नगर विकास कोषको ऋणबाट रु सात करोड ७७ लाख ७२ हजार जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो ।

बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुब शिवाकोटी लगायत १२ जनाले पाँच विगाहा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए । विसं २०६८ असार १९ गते शिलान्यास कार्यक्रम नगरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माणकार्य थालनी गरेको थियो भने दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन २०७४ भदौ १५ गते तत्कालीन नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रवीन कोइरालाले संयुक्त रुपमा गगरेका थिए । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ । उक्त रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्य बत्तीको पर्याप्त व्यवस्थाका साथै खानेपानी र शौचालयको समेत व्यवस्था मिलाइएको र राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्रे समेत गरिएको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?