Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

निर्माणको एक दशकपछि बसपार्क सञ्चालनमा


झापा । नेपालको पूर्वीनाका काँकडभिट्टाको पूर्वाधारयुक्त बसपार्क निर्माणको एक दशकपछि आजबाट सञ्चालनमा आएको छ । काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप र यातायातलाई व्यवस्थित गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–७ को प्याराभिट्टामा बसपार्क निर्माण गरिएको थियो । दसैँंको अवसर पारेर आज मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले एक कार्यक्रमबीच बसपार्क सञ्चालनको विधिवत् रुपमा सुरुवात भएको घोषणा गरे । काँकरभिट्टाबाट लामो र छोटो दूरीका दैनिक पाँच सय बस सञ्चालन हुँदै आएका र बजारको बीचमै रहेको दुईदशक पुरानो बस टर्मिनल अहिले साँघुरो भइसकेकाले खुल्ला र फराकिलो स्थानमा बनेको बसपार्कबाट सेवा थालिएको नगरप्रमुख बुढाथोकीको भनाइ रहेको छ । मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट रु तीन करोड ३६ लाख र नगर विकास कोषको ऋणबाट रु सात करोड ७७ लाख ७२ हजार जुटाएर संयुक्त लगानीमा प्यारीभिट्टा बसपार्क निर्माण गरेको थियो ।

बसपार्क बनाउन स्थानीय शिवकुमार थापा, ध्रुब शिवाकोटी लगायत १२ जनाले पाँच विगाहा चार कठ्ठा जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए । विसं २०६८ असार १९ गते शिलान्यास कार्यक्रम नगरी दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माणकार्य थालनी गरेको थियो भने दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको औपचारिक उद्घाटन २०७४ भदौ १५ गते तत्कालीन नगरप्रमुख विमल आचार्य र संस्थापक नगरप्रमुख रवीन कोइरालाले संयुक्त रुपमा गगरेका थिए । सुरक्षा बन्दोबस्तका लागि आवास भवनसहितको प्रहरी पोस्ट पनि बसपार्कमा निर्माण गरिएको छ । उक्त रात्रिकालीन उज्यालोका लागि विद्युत् र सौर्य बत्तीको पर्याप्त व्यवस्थाका साथै खानेपानी र शौचालयको समेत व्यवस्था मिलाइएको र राजमार्गबाट बसपार्क जोड्ने पहुँचमार्गलाई कालोपत्रे समेत गरिएको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?