Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा


काठमाडौं । चालु आर्थिक वर्ष आ.व २०८०/८१ को पहिलो दुई महिना साउन–भदौमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा पुगेको देखिएको छ । अघिल्लो आ.व.को यसै अवधिमा चालु खाता ३६ अर्ब ८४ करोडले घाटामा रहेको थियो भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो दुई महिना भदौसम्म चालु खाता २३ अर्ब ५० करोडले बचतमा रहेको छ ।

अघिल्लो वर्षको भदौमा शोधनान्तर २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो भने अमेरिकी डलरमा अघिल्लो आ.व.को सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा रहेको समेत नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २८ करोड ९० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ७७ लाखले बचतमा पुगेको देखिएको र शोधनान्तर स्थिति समेत ५३ अर्ब ६१ करोडले बचतमा पुगेको छ ।


प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?