काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले शान्तीपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलनमा सरकारले दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद जनार्दन शर्माले शिक्षकहरूका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाएका छन् । सरकारले शिक्षकका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहनुभएको छ
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताएका छन् । उनले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै
चिन। उत्तरी चीनको हेबेई प्रान्तमा रहेको ग्रेट वालको जिन्साङ्लिङ खण्डमा गोल्डेन ट्रेल वल्र्ड सिरिजको दौड आयोजना गरिएको छ । कार्यक्रममा ५२ देश र क्षेत्रका २ हजार ५ सय भन्दा बढी ट्रेल दौड उत्साहीहरूले भाग लिएका थिए । बेइजिङबाट लगभग १ सय ५० किलोमिटर उत्तरमा अवस्थित जिनशानलिङ मिङ राजवंश (१३६८–१६४४) ग्रेटवालको
एजेन्सी। डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले बढ्दो जटिल अन्तर्राष्ट्रिय परिस्थितिलाई संयुक्त रूपमा सम्बोधन गर्न राज्य भित्र एकताको लागि आह्वान गरेका छन् । ग्रीनल्याण्डको स्वशासनका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनसँग बोल्दै फ्रेडरिकसेनले बलियो शक्तिहरूले हानि पुर्याउन खोजे सम्पूर्ण राज्य एकसाथ उभिनुपर्ने बताएका छन्। पत्रकारहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न इच्छुक हुनुहुन्छ कि भनेर सोध्दा
एजेन्सी। पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ । प्रधानमन्त्री शेहबाज शरीफले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काकुलस्थित पाकिस्तान सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै पानीलाई महत्वपूर्ण राष्ट्रिय हितको रूपमा वर्णन गर्दै कुनैपनि
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेताहरुले शिक्षकहरुको आन्दोलनको सबै सरकारलाई लगाएर उम्किन नमिल्ने बताएका छन् । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उनले अहिले शिक्षकहरु सडक आन्दोलनमा रहेको भन्दै यसको दोष सबै सरकारलाई लगाएर आफू उम्किन नमिल्ने बताएका छन् । यसको जिम्मेवारी सरकारको नेतृत्व गर्ने सबै नेताहरुले
गगन थापा विद्यालय शिक्षा ऐनको माग गर्दै शान्तिपूर्ण रूपमा भेला भएका शिक्षकहरू र सुरक्षाकर्मीहरूबिच भएको झडप दुःखद र चिन्ताजनक छ। लोकतान्त्रिक मूल्य र नागरिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व हो। शान्तिपूर्ण आन्दोलनमा सहभागी शिक्षकहरू, सुरक्षाकर्मी र पत्रकारहरू घाइते हुनु कुनै पनि हिसाबले उचित हुन सक्दैन। घाइते सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै ‘नावाकाद’को संज्ञा दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अध्यक्ष दाहाललाई नाम मात्रैको कम्युनिष्ट भएको आरोप लगाएका हुन् । उनले विष्णुबहादुर मानन्धरहरुको समूहले विगतमा केशरजंग रायमाझीहरुलाई नावाकादको (नामका वामपन्थी नावा, कामका
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री वर्षमान पुनले देशको अर्थतन्त्र ध्वस्त पारेको अरोप लगाएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री पुनको नाम नलिकनै यसअघिका अर्थमन्त्रीले प्रश्तुत गरेको बजेटका कारण देशको अर्थतन्त्र ध्वस्त भएको बताएका छन् । उनले संसदमा सम्बोधन गर्दा लाज पचाएर बोल्ने गरेको
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्मै विचौलिया पुगेको कुरा प्रमाणित गर्न चुनौति दिएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महामन्त्री थापालाई प्रधानमन्त्रीको शयन कक्षसम्मै विचौलिया पुगेको कुरा प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् । न ले राम्रो