Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्यः गृहसचिव दुवाडी


काठमाडौँ। गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए । लागुऔषध दुव्र्यसनीले मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको जिकिर गरे । लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताए । लागुऔषधको नियन्त्रण गर्न एकल प्रयास मात्रै सम्भव नरहेको बताउँदै तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको छ । बहुक्षेत्रीय असर छ । हाम्रो घर, समाज र समग्र मुलुकलाई अध्याँरोतर्फ लगिरहेको लागुऔषधलाई हामी सबै मिलेर नियन्त्रण गर्न जरुरी छ । हाम्रा देशका कर्णधारहरु लागुऔषधको कुलतमा फसेर अफ्ठ्यारोमा परिरहेका छन् । यसको असर ठूलो छ । यसले समाजमा हिंसा, हत्या, आत्महत्या, दुर्घटना बढिरहेको छ । साइबर अपराधहरु बढाइरहेको छ । यि कुराहरु हामी सबै मिलेर रोक्नुपर्छ । सभ्य समाज निर्माण गर्नु हामी सबैको कर्तव्य हो । यो कुरामा एकल प्रयासले मात्र सम्भव छैन । यस कार्यमा तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्छ ।’

गृहसचिव दुवाडीले सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न कानूनी प्रावधानहरु बनाइ काम गरिरहेको बताए । लागुऔषध नियन्त्रण सरकारको प्राथमिकताको क्षेत्र भएको बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?