Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्यः गृहसचिव दुवाडी


काठमाडौँ। गृहसचिव गोकर्णमणि दुवाडीले सभ्य समाज निर्माण गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।

बिहीवार काठमाडौंमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताए । लागुऔषध दुव्र्यसनीले मुलुकलाई नै अध्याँरोतर्फ धकेलिरहेको जिकिर गरे । लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको बताए । लागुऔषधको नियन्त्रण गर्न एकल प्रयास मात्रै सम्भव नरहेको बताउँदै तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘लागुऔषधको असर धेरै क्षेत्रमा परिरहेको छ । बहुक्षेत्रीय असर छ । हाम्रो घर, समाज र समग्र मुलुकलाई अध्याँरोतर्फ लगिरहेको लागुऔषधलाई हामी सबै मिलेर नियन्त्रण गर्न जरुरी छ । हाम्रा देशका कर्णधारहरु लागुऔषधको कुलतमा फसेर अफ्ठ्यारोमा परिरहेका छन् । यसको असर ठूलो छ । यसले समाजमा हिंसा, हत्या, आत्महत्या, दुर्घटना बढिरहेको छ । साइबर अपराधहरु बढाइरहेको छ । यि कुराहरु हामी सबै मिलेर रोक्नुपर्छ । सभ्य समाज निर्माण गर्नु हामी सबैको कर्तव्य हो । यो कुरामा एकल प्रयासले मात्र सम्भव छैन । यस कार्यमा तहगत सरकार, सरकारी र गैरसकारी संस्थाहरुले मिलेर काम गर्नुपर्छ ।’

गृहसचिव दुवाडीले सरकारले लागुऔषध नियन्त्रणका लागि विभिन्न कानूनी प्रावधानहरु बनाइ काम गरिरहेको बताए । लागुऔषध नियन्त्रण सरकारको प्राथमिकताको क्षेत्र भएको बताए ।


प्रकाशित मिति: १२ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?