Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

आयातमा निर्भरता घटाउन केही वस्तुहरूको भन्सार तथा करको दरमा वृद्धि गरिएको होः राजश्व सचिव घिमिरे


काठमाडौँ। अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेले सरकारले आयातमा निर्भरता घटाउने नीतिअनुसार केही वस्तुहरूको भन्सार तथा करको दरमा वृद्धि गरिएको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अगामी आर्थिक वर्षको बजेटमार्फत सूचना प्रविधि, हाइड्रोजन उत्पादनलगायतका क्षेत्रलाई आयकर छुटको सुविधा दिइएको समेत उल्लेख गरे । उनले मूल्य अभिवृद्धि कर (भ्याट) राजस्व संकलन प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै सोही आधारमा वस्तुको प्रकृतिअनुसार कर लगाइएको समेत बताए । उनले विभिन्न औद्योगिक क्षेत्रबाट भ्याट छुटको माग आउने गरेपनि सरकारको समष्टिगत नीति र प्राथमिकताका आधारमा निर्णय हुने गरेको बताए ।

उनले भने, ‘भ्याट देशको लागि राजश्व संकलनको प्रमुख आधार नै हो । हामीले लिएमो मुल नीति नै त्यही हो । त्यसकारण वस्तुमा भ्याट लगाउँदा राजश्व संकलनमा प्रभावकारिता आउँछ भनेर नै २०५८ सालदेखि हामी त्यसमा प्रवेश गरेको हो । अर्थ मन्त्रालय र विभागहरुमा समेत हाम्रो उत्पादित वस्तुमा भ्याट छुट दिनुपर्यो भनेर अनुरोधहरु आइरहेको नै हुन्छ । त्यस्तो कुरामा सरकारले विचार गरेर एउटा निर्णय त लिन्छ नै । अर्थ मन्त्रालयको तर्फबाट हामीले आफ्नो उद्योग कलकारखानालाई बढावा दिनुपर्छ भन्ने सरकारको नीतिअनुसार नै निर्णय लिन्छ । प्रश्तुत विधेयकमा पनि हामीले त्यस्ता क्षेत्रहरु पहिचान गरेर आयकरमा छुट, आइटी क्षेत्र, हाइड्रोजन उत्पादन लगायतका क्षेत्रहरुमा छुट दिएका छौँ । सरकारले राजश्व संकलनको अवस्थालाई पनि ध्यान दिएर र आयातित वस्तुको करमा वृद्धि गरेको छ । उद्योगी व्यवसायीहरुको चिन्ता र चासोको विषयमा पनि सरकारले उपयुक्त समयमा एउटा निर्णय गर्छ होला ।’

उनले आयुर्वेदिक औषधि व्यवसायीको चिन्ता र चासोको विषयमा समेत सरकारले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: ११ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?