Trending
>>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताएका छन् ।

शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिककोृ जिउ धनको रक्षा गर्ने काममा लागिरहेको बताए । उनले अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताए । शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ । अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको बताए ।

गृहमन्त्री लेखकले भने, ‘मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ । हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नेकुरा हो । नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो । अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो । मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानूनको कार्यान्वयन गर्ने, गराउने लगायत विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन् । त्यो हामीले गरिरहेका छौँ । शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल छ । एक वर्ष पहिलाको स्थिति हेर्ने हो भने शान्ति सुरक्षा राम्रो छ । अपराध नियन्त्रण गर्नेकुरामा हामी निरन्तर लागिरहेका छौँ । अपराध भइसकेपछि अपराधीलाई कानूनी दायरामा ल्याउने कुरामा हाम्रा सुरक्षा निकायहरुले राम्रोसँग काम गरिरहेका छन् । पछिल्लो समयमा हजुरहरुले हेर्नुभयो भने धेरै पुरानो पुरानो अपराधमा पनि संलग्न भएर फरार भएका मानिसहरु पक्राउ परेका छन् ।’

गृहमन्त्री लेखकले लगुऔषध न्युनिकरण, नियन्त्रण, निषेध गर्नेकुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताए । सडक दुर्घटनाको नियन्त्रण जरुरी रहेको बताए ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?